खुकुरी देखाई महिलालाई कुटपिट गर्ने युवा पक्राउ
  • काँचुली खबर

३ असार, काेहलपुर । सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीले नेपाल प्रेसलाई जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसहित पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तथा पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।

उनीविरूद्व ३-४ प्रकृतिका मुद्दा आकर्षण हुने बताइएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

  • ३ असार २०८३, बुधबार ०९:१२ प्रकाशित
  • Nabintech