भौतिक पुर्वाधार मन्त्रीद्धारा स्थानीय तहको अनूगमन
  • काँचुली खबर

प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएका स्थानीय तहको अवलोकन तथा निरिक्षण गरेका छन् । बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन हुँदैछ । जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकन पश्चात आईतवार वडा नं. २ बेलभारमा जनप्रतिनिधि र सर्वसाधारणलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेश मन्त्रालयबाटै यहाँको समस्याको वारेमा बुझेको भए पनि वर्षादमा प्रत्यक्ष अवस्था बुझ्न निरीक्षणमा आएको बताए ।

‘अहिले वर्षाको समयमा निरिक्षण गर्दा प्रत्यक्ष समस्या बुझिने भएकोले भोली योजना बनाउन पनि सजिलो हुन्छ।’ प्रदेश ५ सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले भने, ‘यसै वर्ष सबै समस्या समाधान हुँदैन तर धेरै कुराको सम्वोधन हुनेछ ।’ जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको बेलभारस्थित घरमा पुगेका मन्त्री चौधरीले अवको २|४ वर्षमै जानकी गाउँपालिकाका सडक हिलाम्मे नहुने दावी गरे । ‘पिच नभएपनि अहिलेको जस्तो हिलाम्मे हुनुपर्दैन, राम्रो सडक बनाउँछौ । मन्त्री चौधरीले भने, ‘तपाईहरु हिँड्ने सडक हामी बनाईदिन्छौ, पढ्ने विद्यालयको व्यवस्था गरिदिन्छौँ, तर छोरी बुहारी तपाई पढाउनुस् ।

छोरा मात्रै पढेर विकास नहुने बताउँदै उनले महिला शिक्षित नभएसम्म समाज विकास नहुने उल्लेख गरे । हरेक परिवार शिक्षित बनाउने लक्ष्यका साथ प्रदेश सरकार यो वर्ष पूर्ण साक्षर बनाउने नीति लिएको बताउदै उनले भने, ‘छोरामात्रै होईन, छोरीसँगै बुहारीलाई पनि पढाउनुस, तपाईपनि अनौपचारिक शिक्षा भएपनि पढ्नुस् ।
प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीसँगै प्रदेश सांसद बाबुराम गौतम, आईपी खरेल, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी लगायतले जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकन गरेका छन् । मन्त्री चौधरीले आईतवारनै डुडुवा गाउँपालिकाको समेत अवलोकन गरेका छन् ।

  • २७ श्रावण २०७५, आईतवार १६:१९ प्रकाशित
  • Nabintech