सरकारको १ करोड लगानी, बालुवामा पानी !
  • काँचुली खबर

बाँकेको कोहलपुर-१४ हवल्दारपुरमा निर्माण सम्पन्न भएको एक वर्ष पुरा भईसक्दा पनि पशु हाट बजार संचालनमा आउन सकेको छैन ।
निकै महत्वका साथ हेरिएको पशु हाट बजार अझैसम्म संचालनमा नआउँदा स्थानियहरु आक्रोसित बनेका छन । बि.सं. २०७३ साल जेठमा पशुपंक्षि बिकास मन्त्रालय र जनकल्याण बहुउद्देसीय सहकारी संस्था लि. बिच सम्झौता भई हाट बजारको निर्माण कार्य अगाडी बढाएको थियो । निर्माण कार्यको जिम्मा पाएको सहकारीले केही भौतिक पुर्वाधारहरु निर्माण गरेपनि सम्झौता अनुसार हाटबजार भने संचालन गर्न सकेको छैन । जसले गर्दा यहाँका स्थानियहरुमा शंका उत्पन्न भएको छ ।


हाट बजार निर्माण जिम्मा लगेको सहकारी र संचालकहरु बिचमा पैसाको भागबण्डा नमिलेका कारण हाट बजार संचालनमा नै समस्या देखिएको हुन सक्ने स्थानिय रामगोपाल तमोलीले आरोप लगाए । ‘हाट बजारकालागि निर्माण गरिएको संरचना ३० लाख भन्दा बढि नभएको भन्दै तमोलीले त्यसमा ब्यापक भ्रष्टाचार भएको बताए ।


समितीको लापरवाहीका कारण पनि यो हाटबजार संचालनमा नआएको र समितीको बैठक बस्दा पनि एकले अर्कोलाई पैसा खाएको भनि आरोप लगाउने गरेको अर्का स्थानिय रामगोपाल यादबले बताए । रु. १ करोड लागतमा निर्माण गरिएको उक्त संरचनाको विषयमा जनकल्याण बहुउद्देसीय सहकारी संस्था र संरचना निर्माण समितिका पदाधिकारीहरुकाबिच बेलावखत विवाद हुँदै आएकाले ठुलै चलखेल भएको यादबले आरोप लगाए ।
पशु हाट बजार निर्माण भईसक्दा पनि अहिले सम्म संचालनमा नआउदा यहाँ कुनै गढबढ भएको हुन सक्ने र यसबाट स्थनियहरुमा चिन्तीत भएको स्थानिय नम बहादुर आलेले बताए । सो हाट बजारका लागी स्थनियहरु सहयोग गर्न तयार रहँदा पनि सरोकारवाला निकायहरु मौन हुँदा हाट बजार संचालनमा आउन नसकेको आले बताउँछन ।

हाट बजार संचालनमा नआएपछि त्यसक्षेत्रमा यहाँका स्थानिहरुले आफ्ना चौपायहरु बाँध्ने गरेको छन । वर्खाको समयमा आप्mनो पशुचौपायाहरु भिज्ने भएकाले आफुहरुले हाट बजारकालागि निर्माण गरिएको संरचनामा पशुचौपायाहरु बाँध्दै आएको स्थानिय छोटेलाल यादबले बताए ।

यता जनकल्याण सहकारी संस्था लि. का अध्यक्ष लिल बहादुर रानाले हाट बजार समयमै संचालन गर्न नसकेको स्विकारेका छन । उनले भने ‘नेपाल सरकारको मापदण्ड अनुसार गोदाम निर्माण, चौपाय बाँध्नलाइ खालि ठाँउ र कार्यालय सबै निर्माण भएको छ ।’ बाँकेका बिभिन्न क्षेत्रका अलावा छिमेकी जिल्लाहरुबाट पनि पशुचौपाया ल्याउने योजना अनुसार तिनिहरुको बासकालागी छुट्टै आवास गृह समेत निर्माण गरिएको बताउँदै रानाले हाट बजार भने संचालन गर्न नसकिएको बताए ।


बि.स २०७३ मा सम्झौता भई बि।स २०७४ असार मसन्तसम्ममा संचालनमा आउनु पर्ने सो हाट बजार अहिले सम्म संचालनमा आएको छैन । जसका कारण यहाँका स्थानियहरुमा रकम अनियमितता भयो कि भन्ने संका हुनु स्वभाबिक नै हो । मन्त्रालयबाट पाउनु पर्ने सबै रकम फच्र्योट भईसक्दा समेत जिम्मेवार निकायका पदाधिकारीहरुले हाट बजार संचालनमा कुनै तदारुकता नदेखाउनुले सरकारी बजेटको दुरुपयोग भएको आशंका बढ्दै गएको छ ।

  • २७ श्रावण २०७५, आईतवार ०७:५० प्रकाशित
  • Nabintech