ड्युटी हिडेका प्रकाश १४ दिनदेखि सम्पर्कविहीन
  • काँचुली खबर

२८ चैत्र, नेपालगन्ज । ड्युटी गर्न अस्पताल पुगेका बेला सम्पर्कविहीन भएका प्रकाश रसाईली घरमा नफर्किँदा परिवार र आफन्तहरू चिन्तित बनेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय प्रकाश कौशल्या मेमोरियल अस्पताल कोहलपुर पिपरीमा एचए (हेल्थ असिस्टेन्ट) पदमा कार्यरत थिए।

विगत तीन वर्षदेखि उक्त अस्पतालमा कार्यरत रहेका उनी यही चैत १३ गते बेलुका अस्पतालमा ड्युटी गर्न जाने भनि घरबाट निस्केका थिए। त्यस दिन रातको ड्युटी सकेर भोलिपल्ट (चैत १४ गते) बिहान करिब १० बजेतिर अस्पतालका कर्मचारीलाई ‘बाहिर जान्छु’ भनी निस्केका उनी त्यतैबाट सम्पर्कविहीन भएको उनकी श्रीमती रञ्जना राईले बताइन्। ‘अस्पतालका कर्मचारीले हामीलाई बताए अनुसार मेरो श्रीमान् आफ्नो स्कुटर र चाबी साथमा नलगेर जानु भएको रहेछ, त्यसपछि कहाँ जानु भयो, अहिलेसम्म पनि अत्तोपत्तो छैन,’  उनले भनिन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

रञ्जनाका अनुसार प्रकाशले अस्पतालका केही कर्मचारीलाई अबदेखि ‘म ड्युटी आउँदैनँ’ समेत भनेका थिए। ‘घरमा बुवाले छोरालाई सामान्य हिसाबले सम्झाउनु भएको थियो, यसबाहेक अरु कुनै ठुलो झगडा भएको थिएन,’ रञ्जनाले भनिन्। प्रकाशका बुवा दलबहादुर रसाईलीले चैत १३ गतेका दिन सधैं प्रकाशलाई सम्झाउँदै ‘प्राइभेट अस्पतालमा सधैंभरि जागिर गरेर हुँदैन, लोकसेवा आयोग पढेर सरकारी जागिर खानुपर्छ, लोक सेवा अध्ययन गर्नतिर अलि ध्यान दिनुपर्यो’ भनेका थिए।

त्यस दिन प्रकाशले खातामा पठाइदिएको पाँच हजार रुपैयाँ लिएर आफू रुपैडिहा सामान किन्न गएको र त्यसपछि भेट हुन नपाएको रञ्जनाले सुनाइन्। प्रकाश र रञ्जनाबीच वैवाहिक सम्बन्ध जोडिएको पाँच वर्ष जति भएको छ। विवाह भएदेखि अहिलेसम्म उनीहरूको परिवारमा ठुलो विवाद नभएको उनी सम्झिन्छिन्। सम्पर्कविहीन भएको १४ दिन पुगिसक्दा श्रीमान् फर्केर नआएको र आफन्त तथा इष्टमित्रकहाँ पनि कतै पत्ता नलागेको रञ्जनाले सुनाइन्।

प्रकाश सम्पर्कविहीन भएपछि तीन दिनसम्म सबै आफन्त, इष्टमित्रकहाँ फोन गरेर उनको अवस्थाबारे परिवारका सदस्यले बुझ्ने काम गरेका थिए। त्यसपछि पनि अवस्था पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर परिवारले उनको हुलिया सहितको निवेदन दिएको थियो। तर, बाँके प्रहरीले अहिलेसम्म प्रकाशको अवस्था पत्ता लगाउन सकेको छैन। प्रहरीमाथी नै भरोसा गरेका परिवारका सदस्यहरु अवस्था पत्ता नलाग्दा अहिले चिन्तित भईरहेका छन्।

‘हामीले प्रहरीमा निवेदन दिईसकेपछि फोटोसहित सार्वजनिक सूचना जारी गर्नेदेखी लिएर गर्नुपर्ने सबै काम गरिसकेका छौं, तरपनि अवस्था कतै पत्ता लागेको छैन, हामी धेरै चिन्तामा छौं, मेरो श्रीमान् सकुशल फर्किनुस् भनेर मैले दिनहुँ कामना गरिरहेकी छु,’ रञ्जनाले भनिन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डिएसपी) दीपक पातलीले सम्पर्कविहीन भएका प्रकाशको अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताए। ‘हामीले पीडित परिवारको निवेदन आइसकेपछि आवश्यक खोजी कार्य गरिरहेका छौं, टेक्निकल रूपले पनि पत्ता लगाउने प्रयासमा छौं,’ उनले भने। सम्पर्कविहीन भएका प्रकाशले प्रयोग गर्ने मोबाइलबाट सम्पर्क, बैंकिङ कारोबार कतै भए/नभएको विषयमा पनि अनुसन्धान गरिरहेको डिएसपी पातलीले सुनाए।

  • २८ चैत्र २०८२, शनिबार १३:५५ प्रकाशित
  • Nabintech