१३ चैत्र, काेहलपुर । काेहलपुर गाेल्डकपकाे मिति सार्वजनिक गरिएकाे छ । शुक्रबार काेहलपुरमा पत्रकार सम्मेलन गरी गाेल्डकपकाे मिति सार्वजनिक गरिएकाे हाे ।
आगामी बैशाख १९ गतेदेखि २६ गतेसम्म बाँकेको कोहलपुर-११ स्थित तेह्र विगाह खेलमैदानमा प्रतियोगिता आयोजना हुने भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आयोजक समितिका निर्देशक कर्ण बहादुर बस्नेतले यसवर्ष प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहने जानकारी दिए । निर्देशक बस्नेतका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका ३ वटा क्लब, २ वटा विदेशी टिम र आयाेजक सहित मोफसलका ३ वटा क्लबले सहभागीता जनाउने भएका छन ।
आयोजकका अनुसार, प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडिलाई समेत विधागत रूपमा आकर्षक पुरस्कार प्रदान गरिने भएकाे छ ।
खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा ‘जङ्गल सफारी’ गराइने योजना आयोजकको छ। साथै उनीहरूलाई स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत गराइने आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगितालाई थप व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रा.लि. लाई दिइएको छ। ईश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहले आयोजनाको तयारीबारे जानकारी दिएका थिए।
खेल र पर्यटनलाई जोड्ने लक्ष्य विगतका तीन संस्करणको सफलतापछि यसपटक खेलकुदलाई पर्यटनसँग जोडेर नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको कोहलपुर गोल्डकपका निर्देशक कर्ण बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार खेल तालिका र मुख्य प्रायोजकका बारेमा थप विवरणहरू आगामी दिनमा सार्वजनिक गरिनेछ।
स्थानीय स्तरमा खेलकुदको विकास र पहिचानका लागि यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथि, कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता पौडेलले बताइन् ।
कार्यक्रमको अध्यक्षता आयोजक रेसिङ सहारा क्लबका वरिष्ठ उपाध्यक्ष सन्तोष बम मल्लले गरेका थिए ।
१३ चैत्र २०८२, शुक्रबार १९:१७ प्रकाशित