१२ चैत्र, काेहलपुर । समता स्कुलले महिलाहरुका लागि एक दिने पाठेघरको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समता स्कुल कोहलपुरको आयोजना तथा कौशिल्या अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा एक दिने नि:शुल्क शिविरकाे आयोजना गरिएको थियो ।
न्युनतम शुल्कमा अध्यापन गराउँदै आइरहेको समता स्कुल कोहलपुरले बार्षिक कार्यक्रम अन्तर्गत महिलाहरुका निम्ति नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले बताए । उनले गुणस्तरीय शिक्षासँगै स्वास्थ्य जीवनयापन हुनु स्वाथ्य शिविरको मुख्य उदेश्य रहेको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी कार्यक्रममा कौसिल्या अस्पतालका कार्यकारी निर्देशक शंकर न्यौपानेले सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत अस्पतालले विभिन्न संघ संस्था तथा विद्यालयहरुसँगको सहकार्यमा शिविर सञ्चालन गर्दै आइरहेको बताए । उनले शिविरबाट थप उपचार आवश्यक परेको खण्डमा अस्पतालले २० प्रतिशत सम्म छुट दिने जानकारी समेत दिए ।

नि:शुल्क शिविरमा १ सय १३ जनाले सेवा लिइएको समता स्कुलले जनाएको छ। शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विनय विक्रान्त शाह लगाएतको समुहले सेवा प्रदान गरेका थिए ।
शिविरमा नि:शुल्क रुपमा औषधी समेत उपलब्ध गराइएको विद्यालयले जनाएकाे छ । स्कुलका विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।
१२ चैत्र २०८२, बिहीबार २२:५४ प्रकाशित