मृत्युपछि पनि समाजसेवा: सापकोटाको स्मृतिमा ५ लाख ५० हजारको अक्षयकोष घोषणा 
  • काँचुली खबर

११ चैत्र, काेहलपुर ।  आफ्नो मृत्युपश्चात् चिकित्सा शिक्षाका लागि शरीर दान गर्ने साहसी एवं बामपन्थी नेत्री स्व. सावित्रा सापकोटाको प्रथम स्मृतिमा बुधबार कोहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। सहिद स्मृति केन्द्र नेपालकी संस्थापक सदस्य समेत रहेकी सापकोटाको योगदानलाई कदर गर्दै कार्यक्रममा उनको नाममा अक्षयकोषको समेत घोषणा गरिएको छ।

वि.सं. २०८१ चैत्र ११ गते उपचारका क्रममा निधन भएकी सापकोटाले आफ्नो पार्थिव शरीर चिकित्सा शास्त्र (MBBS) अध्ययन गर्ने विद्यार्थीहरूको प्रयोगात्मक सिकाइका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुरलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन्। सोही इच्छा बमोजिम उनको शव मेडिकल कलेजलाई हस्तान्तरण गरिएको थियो। उनी सहिद स्मृति केन्द्र नेपालका अध्यक्ष एवं बामपन्थी नेता ओमप्रकाश सापकोटा ‘प्रयत्न’ की जीवनसंगिनी हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

५ लाख ५० हजारको अक्षयकोष स्थापना

श्रद्धाञ्जली सभाको अवसरमा स्व. सापकोटाको स्मृतिलाई जीवन्त राख्न र सामाजिक कार्यलाई निरन्तरता दिन कुल ५ लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष घोषणा गरिएको छ। जसमा सहिद स्मृति केन्द्रको तर्फबाट ४ लाख र सापकोटा परिवारको तर्फबाट १ लाख ५० हजार रुपैयाँ जम्मा गरिएको छ।

अक्षयकोषको उद्देश्यबारे जानकारी दिँदै केन्द्रका अध्यक्ष प्रयत्नले विशेषगरी जेहेन्दार विद्यार्थी, सहिद तथा बेपत्ता परिवार एवं समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई हरेक वर्ष सहयोग र सम्मान गर्ने लक्ष्यका साथ कोष स्थापना गरिएको बताए ।

“सावित्राको जीवन प्रेरणाको स्रोत”

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा नरेन्द्रजंग पिटरले स्व. सापकोटाको जीवन र उनले गरेको शरीर दानको निर्णय समाजका लागि ठूलो प्रेरणाको स्रोत भएको बताए ।

“मृत्युपछि पनि अरूको हितका लागि आफ्नो शरीर सुम्पिनु सामान्य कुरा होइन, यो एक अत्यन्तै उदाहरणीय र साहसिक कार्य हो,” पिटरले भने।

पुर्व उपसभामुख पुर्णा कुमारी सुवेदीले स्व. सुवेदीले राजनितिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएकाे याेगदानकाे चर्चा गरेकी थिईन ।

श्रद्धाञ्जली सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी र स्थानीयको बाक्लो उपस्थिति थियो। सहभागीहरूले सापकोटाको तस्बिरमा माल्यार्पण गर्दै उनले देखाएको त्याग र समाजप्रतिको उत्तरदायित्वको चर्चा गरेका थिए ।

  • ११ चैत्र २०८२, बुधबार १८:४४ प्रकाशित
  • Nabintech