युभिसिसिले उचाल्याे कोहलपुर प्राइड लिगको उपाधि
  • काँचुली खबर

२ चैत्र, काेहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचालेको छ । सोमबार न्यू होराइजन स्पोर्टस् क्लबलाई सुपरओभरमा हराउँदै युभिसिसिले उपाधि उचालेको हो ।

न्यू होराइजन स्पोर्टस् क्लबले टस जितेर पहिला बलिङ रोजेको थियो । पहिला ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३६ रन बनाएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

टिमका लागि दिपेन्द्र सिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाएका थिए । यस्तै विपिन शाहीले २४ बलमा १८ रन र अर्जुन साउदले १५ बलमा १६ रन बनाएका थिए । अन्य ब्याटहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ न्यू होराइजनका लागि प्रेम गुप्ताले ४ ओभरमा ११ रन मात्रै खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै निस्चल ज्ञवालीले २ विकेट लिए भने प्रिन्स पाल, मोहम्मद हुसेन र अमर मिश्रले १/१ विकेट लिएका थिए ।

न्यू होराइजनले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले १९.३ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट हुदा खेल सुपरओभरमा पुग्यो । टिमका लागि मोहम्मद हुसिनले १२ बलमा २९ रन र अमर मिश्र २६ बलमा सर्वाधिक २९ रन बनाएका थिए ।

सुपरओभरमा पहिला ब्याटिङ गरेको न्यू होराइजन स्पोर्टस क्लबले निर्धारित १ ओभरमा दुई विकेट गुमाउँदै ६ रन बनाएको थियो । टिमका लागि अमर मिश्रले ३ रन बनाए भने सन्दिप मौर्याले एक रन बनाएर आउट भए ।

न्यू होराइजनले दिएको ७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले ०.४ ओभरमा ७ रन बनाउँदै सहज १० विकेटको जित हासिल गरेको हो । टिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ रन र आदिल आलमले अविजित २ रन बनाएर उपाधि चुमाएका हुन् । यो सँगै उपाधि विजेता युभिसिसिले नगद ४ लाख र उपविजेता न्यू होराइजनले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा न्यू होराइजन स्पोर्टस क्लबका अमर मिश्र १ सय ६५ रन र ६ विकट लिँदै उत्कृष्ट खेलाडी घोषित भए । उनले बिबिसाइकल स्टोरको तर्फबाट साइकल र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् ।

यस्तै न्यू होराइजनका आरिफ खान भने १ सय ७१ रन बनाउँदै उत्कृष्ट ब्याटर बने भने युभिसिसिका सन्तोष यादवले ८ विकट लिदैँ उत्कृष्ट बरका रुपमा घोषित भए । उनीहरु दुबै जनाले नगर १० हजार पुरस्कार प्राप्त गरेका हुन् ।

  • २ चैत्र २०८२, सोमबार १८:५३ प्रकाशित
  • Nabintech