१ चैत्र, काेहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब र न्यू होराइजन स्पोर्टस् क्लब फाइनल प्रवेश गरेका छन् । आइतबार कोहलपुर स्पोर्टस एकेडेमीलाई हराउँदै युभिसिसि र ब्राइटल्याण्ड स्कुललाई हराउँदै न्यू होराइजन फाइनल प्रवेश गरेका हुन् ।
सेमिफाइनलको पहिलो खेलमा कोहलपुर स्पोट्र्स एकेडेमीले पहिला टस जितेर ब्याटिङ रोजेको थियो । पहिला ब्याटिङ रोजेको कोहलपुर स्पोर्टस एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाउन सफल भयो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
टिमका लागि भिम सार्कीले ४२ बलमा सर्वाधिक ७४ रन बनाए भने विपिन रावलले २६ बलमा २० रन र सिद्धार्थराज शाहीले १० बलमा अविजित १४ रन बनाएका थिए । अन्य ब्याटहरूले भने दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ युनाइटेड भिजन क्रिकेट क्लबका लागि आकाश चन्द, दिनेश अधिकारी र सन्तोष यादवले समा ३/३ विकेट लिए भने कमल मुसलमानले १ विकेट लिएका थिए ।
कोहलपुर स्पोर्टस एकेडेमीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनाउँदै सहज ७ विकेटको जित हासिल गरेको हो । युनाइटेडका लागि दिपेन्द्र सिंह ऐरीले ४२ बलमा ८३ रन र अर्जुन साउदले अविजित ४९ बलमा ६८ रन बनाएका थिए ।
बलिङतर्फ कोहलपुर स्पोट्स एकेडेमीका लागि दिवन पुनले ३ विकेट लिएका थिए । अन्य बलरहरू भने युभिसिसिका ब्याटर सामु कमजोर सावित भए । उक्त खेलमा युभिसिसिलाई विजयी गराउन महत्त्वपूर्ण ४२ बलमा अविजित ८३ रन बनाएका दिपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा ब्राइटल्याण्ड स्कुललाई हराउँदै न्यू होराइजन स्पोर्टस क्लब फाइनल प्रवेश गरेको छ । पहिला टस जितेर ब्याटिङ रोगको ब्राइटल्याण्ड स्कुलले १६.५ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्रै बनाएको थियो ।
टिमका लागि तुल थापाले २२ बलमा सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर बिनोद भडारीले १८ बलमा ३० रन र त्रिर्तराज दाशले १८ बलमा १३ रन बनाए । अन्य ब्यटरहरु भने न्यू होराइजनका बलरहरु हाबी हुँदा दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ न्यू होराइजन स्पोर्टस क्लबका लागि प्रिन्स पालले ४ ओभरमा ९ रन मात्रै खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्ल, सुरज खडकाले समान २/२ विकेट दिए भने बासिर अहमद र एलिसन अधिकारीले समान १÷१ विकेट लिएका थिए ।
ब्राइटल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको न्यू होराइजन क्रिकेट क्लबले ८.२ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेटायो । अमर मिश्रको आक्रमक ओपनिङको अर्धशतकमा न्यू होराइजनले ब्राटल्याण्डलाई ६ विकेटे हराएको हो ।
अमर मिश्रले २२ बलमा ५७ रन, आरिफ खानले १८ बलमा २६ रन बनाएका थिए । यस्तै कमल विष्टले ४ बलमा ८ रन र दिलसद अलिले १ बलमा अविजित ४ रन बनाएका हुन्।
बलिङतर्फ ब्राइटल्याण्डका अनमिस शाही, सुनिल शाही, युवराज शर्मा र साहव आलमले समान १/१ विकेट लिएका थिए । अन्य बलरहरु भने धेरै रन खर्चिए पनि विकेट विहीन भए । न्यू होराइजनलाई विजयी गराउन महत्वपूर्ण ३ विकेट लिएकाप्रिन्स पाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
फाइनल खेल भने भोलि बिहान ९ बजे युनाइटेड भिजन क्रिकेट क्लब र न्यू होराइजन स्पोर्टस क्बलबीच हुने भएको छ । प्रतियोगिताको विजेता हुने टिमले ४ लाख नगद पुरस्कार र उपविजेता हुने टिमले २ लाख नगद पुरस्कार पाउने छन् ।
१ चैत्र २०८२, आईतवार १८:४० प्रकाशित