स्व. अशोक कोइरालाको स्मृतीमा अक्षयकोष स्थापना
  • काँचुली खबर

३० फागुन, कोहलपुर । स्वर्गीय वामपन्थी नेता अशोक कोइरालाको सम्झनामा बाँकेको कोहलपुर-१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्व। कोइरालाको वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले शुक्रवार विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेको हो ।

विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेका अनुसार, स्वर्गीय कोइरालाको योगदानलाई सम्मान गर्दै स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा पछाडि परेका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइनेछ । ‘विद्यालयको विकास र शिक्षामा कोइरालाले पु¥याएको योगदानलाई स्मरण गर्दै परिवारले समाजसेवामुखी काममार्फत उहाँको सम्झनालाई जीवन्त राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको हो,’ प्रधानाध्यापक न्यौपानेले भनिन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शुक्रवार कोइराला परिवारका सदस्यहरू, श्रीमती मञ्जु कोइराला, छोरा आशिस कोइराला र छोरी आस्था कोइरालाले विद्यालयका प्रधानाध्यापक न्यौपाने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक न्यौपानेले स्वर्गीय कोइरालाको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँको नाममा स्थापना गरिएको अक्षयकोषले धेरै विद्यार्थीको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरिन् ।

‘स्कूल पोशाक, जुत्ता, कापी कलम किन्नै नसक्नेहरुको पहिचान गरि उनीहरुलाई कोषको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिनेछ,’ प्रधानाध्यापक न्यौपानेले स-साना अक्षय कोष यसअघि पनि सञ्चालनमा रहेपनि यो सबैभन्दा ठुलो रकमको भएको जानकारी दिंदै भनिन् ।

तत्कालीन नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्यसमेत रहेका कोइराला बाँके जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका बेला निधन भएको थियो । पार्टीकै कामका क्रममा कपिलवस्तुमा रहँदा कोइरालालाई मस्तिष्कघात भएको थियो । भैरहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारकै क्रममा गत वर्ष चैत ११ गते कोइरालाको निधन भएको थियो ।

  • ३० फाल्गुन २०८२, शनिबार १३:०५ प्रकाशित
  • Nabintech