२८ फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको पहिलो दिन युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोट्र्स एकेडेमीले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन आज कोहलपुर-११ स्थित क्रिकेट रंगशालामा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटलेड स्कुल र कोहलपुर स्पोट्र्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।
पहिलो उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले टस जितेर ब्राइटल्याण्ड स्कुललाई बलिङको निम्तो दिएको थियो । सुरुवाती ब्याटिङ गरेको युनाइटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
युनाइटेड क्लबले दिएको १ सय ५६ रनको लक्ष्य पक्ष्याएको ब्राइटल्याण्ड स्कुलले १६.१ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । यो सँगै युनाइटेड भिजन क्रिकेट क्लबले २२ रनकाे जित निकालेकाे हो । क्लबलाई जिताउन महत्वपुर्ण ३ विकेट लिएका सन्तोश यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै प्रतियोगिताको दोस्रो खेल कोहलपुर स्पोट्र्स एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच भएको थियो । टस जितेको कोहलपुर स्पोट्र्स एकेडेमीले पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे थियाे ।
कोहलपुर स्पोट्र्स एकेडेमीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । अर्जुन घर्तीकाे २७ बलमा ६५ रन र भिम सार्कीकाे ३७ बलमा ५२ रनको अर्धशत पारीको सहयोगमा कोहलपुर स्पोट्र्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई विशाल १ सय ९८ रनको लक्ष्य दिएको थियो ।
कोहलपुर स्पोट्र्स एकेडेमीले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पक्ष्याएको हिमालयन क्रिकेट एकेडेमी ७५ रनमै समेटियाे । निर्धारित १६.३ ओभरमा अलआउट हुँदै हिमालयन क्रिकेट एकेडेमीले १ सय २२ रन अन्कोतरले पराजित भयाे ।
टिमका लागि कुनै पनि ब्याटरले ठुलो साझेदारी बनाउन सकेनन् । हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरु कोहलपुर स्पोट्र्स एकेडेमीका बलर सामु निरीह बने।
कोहलपुर स्पोट्र्स एकेडेमीलाई विजयी बनाउँन महत्वपूर्ण ४ विकेट लिएका शिदान्तराज शाही ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख र द्वितीय हुने टिमले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षकत्व र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा आजदेखि सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुने छ ।
२८ फाल्गुन २०८२, बिहीबार १९:०२ प्रकाशित