माैन अवधि सुरू हुनु अघि बाँकेमा दलहरूकाे शक्ति प्रदर्शन
  • काँचुली खबर

१८ फागुन, काेहलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारहरूले शक्ति प्रदर्शन गरेका छन् ।

सोमबार राति १२ बजेपछि मौन अवधि शुरु हुने भएकाले नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बृहत्त र्‍याली निकालेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. १ र ३ मा आफ्ना उम्मेदवार नरेन्द्र पाण्डे र दीपक जीएमको पक्षमा वृहत्त र्‍याली निकालेकाे थियाे । नेकपाका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) सहितका नेता, कार्यकर्ता र हजाराैं समर्थकहरू र्‍यालीमा सहभागी भएका क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयाेजक तथा पुर्व मन्त्री महेश्वर गहतराज (अथक) ले जानकारी दिए । नेकपाकाे पक्षमा व्यापक जनलहर देखिएकाे बताउँदै अथकले जित सुनिश्चित भएकाे प्रतिक्रिया दिए ।

क्षेत्र नं. १ मा नेकपा (एमाले) ले पनि सोमबार ठुलो र्‍याली निकालेको छ । कोहलपुरको त्रिभुवन माबीबाट निस्केको एमालेको रयाली नगरका विभिन्न भाग हुँदै न्युरोडसम्म पुगेको नेकपा एमालेका नगर अध्यक्ष कुल बहादुर भट्टराईले बताए । त्यसैगरी नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफ्ना उम्मेद्वार सहित र्‍याली निकालेका थिए ।

बाँके क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सुधांशु कोइरालाको समर्थनमा र्‍याली निकालिएको काङ्ग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले बताए । रामलीला मैदानबाट शुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही क्षेत्रमा बृहत् र्‍याली निकालेको निर्वाचन प्रचार समितिका संयोजक बुद्धिसागर सुवेदीले जानकारी दिए ।

यसैगरी, राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाको समर्थनमा पनि सोमबार मोटरसाइकल र्‍याली निकालिएको नेता नन्दलाल वैश्यले बताए ।

यसअघि आइतबार बाँके क्षेत्र नं. २ मा नेकपाका दीपेन्द्र विष्ट र एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको समर्थनमा बृहद् र्‍याली प्रदर्शन गरिएको थियो । क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारको पक्षमा पनि र्‍याली निकालिएको थियो ।

प्रचारप्रसारको समय सकिनै लाग्दा प्रमुख दलका उम्मेदवारहरूले आफ्नो जित निश्चित् भएको दाबी गरेका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मुख्य दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

  • १८ फाल्गुन २०८२, सोमबार १८:०८ प्रकाशित
  • Nabintech