घरदैलोमा उत्साहित पाण्डे, जित सुनिश्चित भएको दावी
  • काँचुली खबर

१७ फागुन, कोहलपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत घरदैलो गर्ने समय अब एक दिन मात्र बाँकी छ । फागुन १८ गते रातीबाट मौन अवधि सुरु हुने भएकाले यतिबेला उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छ ।

बाँके क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १ देखि १५ सम्म यतिबेला चुनावी माहोल उल्लेखनीय रूपमा तातिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को सक्रिय घरदैलो अभियानले गाउँ-टोलदेखि घरआँगन र खेतबारीसम्म उत्साह र चहलपहल बढाएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घरदैलो अभियान अन्तर्गत कोहलपुरका १५ वटै वडा, राप्तीसोनारी र नरैनापुर गाँउपालिका पुग्दा मतदाताबाट आत्मीय स्वागत र समर्थन पाएका पाण्डे पछिललो समय निकै उत्साहित देखिएका छन । मतदाताहरुले युवा र सक्षम नेताका रुपमा आफुलाई नै मतदान गर्ने बताउने गरेको उल्लेख गर्दै पाण्डेले चुनावी अभियानबाट आफु निकै उत्साहित भएको प्रतिक्रिया दिए ।

पछिल्लो समय उनको निरन्तर भेटघाट, संवाद र छलफल कार्यक्रमका कारण स्थानीय स्तरमा जनलहर बढ्दो देखिएको छ। जुझारु, कर्मनिष्ठ र इमान्दार युवा नेताको छवि बनाएका पाण्डेले मजदुरलाई सधैं मजदुर मात्रै होइन, मालिक बन्नुपर्छ भन्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै आर्थिक समानता, रोजगारी सिर्जना र स्थानीय विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएका छन ।

उनले घरदैलो कार्यक्रममार्फत जनताका दैनिक समस्या, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषिसम्बन्धी चुनौतीहरू नजिकबाट सुन्दै समाधानका लागि योजनाबद्ध पहल गर्ने अठोट व्यक्त गरेका छन ।

कोहलपुरका विभिन्न टोल र बस्तीमा पुगेर गरिएको प्रत्यक्ष संवादले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयहरू बताउँछन । आदिवासी जनजाति, दलित, मुस्लिम तथा मधेसी समुदायमा समेत पार्टीप्रति विश्वास र समर्थन विस्तार भइरहेको देखिएको छ।

समुदायस्तरमा भएका भेटघाट र अन्तरक्रियाले सामाजिक सद्भाव, समावेशी विकास र समान अवसरको मुद्दालाई अझ बलियो बनाएको विश्लेषण गरिएको छ।

जनतासँगको प्रत्यक्ष सम्बन्ध र सक्रिय उपस्थितिका कारण पाण्डे लोकप्रिय नेताका रूपमा स्थापित हुँदै गइरहेको चर्चा छ।

चुनावी मिति नजिकिँदै जाँदा उनको अभियान अझ सशक्त बन्दै गएको छ । परिवर्तन, समृद्धि र जनमुखी नेतृत्वको पक्षमा मतदान गर्न आह्वान गर्दै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दावी समेत गरेका छन ।

  • १७ फाल्गुन २०८२, आईतवार १८:२६ प्रकाशित
  • Nabintech