धादिङ बस दुर्घटना : दुई बिदेशी सहित १८ जनाकाे मृत्यु
  • काँचुली खबर

११ फागुन, काठमाडौं । धादिङमा गत राती भएको यात्रुवाहक बस दुर्घटनामा दुई विदेशी नागरिक सहित १८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट काठमाण्डू तर्फ गइरहेको उक्त बस धादिङको बेनीघाट रोराङ्ग-५ मा सडकबाट त्रिशूली नदी छेउमा खसेको थियो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घटनास्थल पृथ्वी राजमार्ग अन्तर्गतको चरौँदी बजार नजिक पर्छ।

दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनास्थलबाट सबै २८ घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदीले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए। उनका अनुसार बस सडकबाट आफ्नै साइडबाट तल खसेको छ। तर बस दुर्घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।

  • ११ फाल्गुन २०८२, सोमबार ०८:०६ प्रकाशित
  • Nabintech