हत्याकाे दुई वर्षपछि नेपालगन्जबाट अभियुक्त पक्राउ
  • काँचुली खबर

९ फागुन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उनको हत्यामा संलग्न अफजल पठानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार खाँको हत्यामा संलग्न भई दुई वर्षदेखि फरार रहेका नेपालगन्ज २२ का ५३ वर्षिय अफजल पठानलाई नेपालगन्ज वडा नम्बर १५ स्थित नेपाल भारत सीमाना नजिकबाट पक्राउ गरिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज २१ विर्ताका अरबी खाँको धारिलो हतियारले हत्या गरेर उनको घरदेखि ५०० मिटर दक्षिणतर्फ गङ्गारामपुर्वादेखि तेलियनपुर जाने बाटोमा शव फालेर फरार भई भारतमा बस्दै आएका पठानलाई दुई वर्षपछि पक्राउ गरिएको बताए ।

निर्वाचनका लागि पठान नेपालगन्जतर्फ आउन लागेको सूचनाको आधारमा उनलाई सीमाना नजिकैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । उनले पक्राउ परेका पठान २०६१ साल असार १७ गते भएको हफिजुल्ला खाँ र २०६२ साल भदौ ११ गते भएका रियाज खाँको हत्यामा समेत संलग्न रहेको भनि जाहेरी दर्ता भएकोले सो बारेमा पनि अनुसन्धान भइरहेको बताए ।

२०८० साल चैत १८ गते धारिलो हतियार प्रयोग गरे निर्ममतापूवर्क नेपालगन्ज २१ बिर्ताका अरबी खाँको हत्या गरी उनको घरदेखि ५०० मिटर टाढा बाटोमा शव फालिएको थियो । सो हत्या भएलगत्तैबाट परिवार, आफन्त र गाउँलेहरूले समेत हत्यारा पक्राउ गर्न प्रहरीलाई निरन्तर दवाव दिँदै आएका थिए । उनिहरूले पटक पटक आन्दोलन समेत गरेका थिए ।

ढिलै भएपनि प्रहरीले दुई वर्षपछि हत्यारा पक्राउ गरेर न्यायको अनुभूति गराएको अरवी खाँका काका अब्दुल रहमान खाँले बताए । उनका अनुसार यसअघि धेरै पटक हारगुहार गर्दा पनि प्रहरीले हत्यारालाई फरार रहेको जनाउँदै पक्राउ गर्न सकेको थिएन ।

सो घटनाको छानबिन गर्न सिआइवीको टोलीसमेत बाँकेमा आएर अनुसन्धान गरेको थियो । अनुसन्धान गरी सिआइबीले बाँके प्रहरीलाई प्रतिवेदनसमेत बुझाएको थियो । अनुसन्धानबाट हत्याराको बारेमा सबै जानकारी प्राप्त भए पनि फरार भएर भारतमा पसेकाले यसअघि पक्राउ गर्न न नसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ९ फाल्गुन २०८२, शनिबार १६:३७ प्रकाशित
  • Nabintech