‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराका साथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. नेपालगन्जको आयोजनामा बाके स्कुल आइडल-२०७५ को पहिलो सिजनको अडिशन राउण्ड नेपालगन्जमा शुरु भएको छ ।
नेपालगन्ज स्थित बाटीका होटलको सभा हलमा शुरु भएको उक्त अडिशनमा बाके जिल्लाका १७ बिद्यालयले सहभागिता जनाएका छन ।
नेपालगन्ज अडिशन र कोहलपुर अडिशन गरि दुई चरणमा कार्यक्रम छुट्याइएको छ । नेपालगन्ज अडिशनमा नेपालगन्जका विभिन्न ९ बिद्यालयले सहभागिता जनाउने छन भने कोहलपुर अडिशनमा कोहलपुरका ८ बिद्यालयले आफ्नो सहभागिता जनाउने कुरा प्रा.लि. का अध्यक्ष भरत महतोले जानकारी दिए । वरिष्ठ लोकगायक तथा संचारकर्मी कमल बि.के. निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग, के.बि. शाही र राकेश गुरुङ्गले संयुक्त रुपमा दिप जलाई उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
अडिसर उद्घाटन सत्रमा यस क्षेत्रमा रही कला क्षेत्रमा टेबा पुराएबापत बिभिन्न ब्यक्तिहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
उद्घाटन सत्रका झलकहरु
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378






२६ श्रावण २०७५, शनिबार १५:५५ प्रकाशित