२३ माघ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-९, गाउँ नं. १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका-४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकाय रहेका छन् ।
डाँगी नेपाल-भारत सीमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजबिनका क्रममा दशगजा नजिक अरहर बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी, मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका-११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए । रोकायसँगै उनकी श्रीमतीसहित चार जना सामुदायिक वनमा पुगेका थिए । वनमा पुग्नेबित्तिकै चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । पैसा कमाउन भारत गएका रोकाय १२ दिनअघि मात्र घर आएका थिए ।
माघ महिनामा मात्र बारबर्दिया नगरपालिका-११, बेलभार क्षेत्रमा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । यसअघि गत माघ ७ गते सोही स्थानमा तोरी उखेल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो ।
चितुवाको आक्रमणबाट माघ महिनामा मात्र तीनजनाको मृत्यु भइसकेको छ । गत पुस महिनामा चितुवाको आक्रमणबाट दुई जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । पछिल्लो समय बर्दियामा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउनयता चितुवाको आक्रमणबाट सात जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
२४ माघ २०८२, शुक्रबार १४:३७ प्रकाशित