२० माघ, सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा रहेको सब-स्टेसनमा विद्युत् चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।
कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिक वृद्धिमा मद्दत पुग्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भई ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो-भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने शाक्यले सुनाए । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरूले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ ।
गत पुस तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयोजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । करिब ५२ किलोमिटर लामो कोहलपुर-सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारीबमोजिम छिटो सम्पन्न गर्न सम्भव भएको आयोजनाका प्रमुख रविकुमार चौधरीले जनाए । अब दोस्रो खण्डको सुर्खेत-दैलेख खण्डको काम तीव्र गतिमा अघि बढ्ने उनको भनाइ छ ।
प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि वीरेन्द्रनगरसम्म १ सय ६२ टावर निर्माण गरिएको छ । सुर्खेतको सुब्बाकुनाको एउटा टावर ५० मिटर अग्लो र अरू सबै टावर लगभग ३० मिटर उचाइका छन् । झन्डै चार दशक पुरानो लाइन विस्थापित गरी उच्च गुणस्तरको विद्युत् सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पुर्याउने र प्रसारण लाइनमार्फत माथिल्लो क्षेत्रमा बन्ने आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने उद्देश्यका साथ १३२ केभी आयोजना अघि बढेको थियो ।
यो प्रसारण लाइन सुर्खेत हुँदै दैलेख, जुम्ला र कालीकोटसम्म पुग्नेछ । पछिल्लो चरणमा सुर्खेतदेखि दैलेखको चुप्रासम्मको यो प्रसारण लाइनको पनि काम भइरहेको छ । चुप्रामा सबस्टेसन निर्माण र सुर्खेतदेखि चुप्राको बीचमा टावर निर्माणको काम भइरहेको हो ।
नेपाल सरकार तथा प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको टावर निर्माण तार तान्ने जिम्मा पाएको थियो । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार गर्न १३ हजार रुख काट्नुपरेको थियो । दुई वर्षभित्र काम सक्ने गरी २२ असार २०७६ मा ६५ करोड रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको थियो । २३ असार २०७८ भित्र सकिनुपर्ने आयोजनाको काम चार वर्ष ढिला भएको हो ।
राष्ट्रिय निकुञ्जभित्रका रुख कटानको प्रक्रियामा ढिलाइ, बारम्बार स्थानीयको अवरोधलगायतका कारणले आयोजना लम्बिएको आयोजनाका प्रमुख चौधरी बताउँछन् । आयोजना बन्ने अधिकांश भूभाग निकुञ्जको परेकाले निकुञ्जको नियमअनुसार प्रक्रिया पूरा गरी १३ हजारभन्दा बढी रुखहरू काट्न मात्र तीन वर्षभन्दा बढी समय लागेको थियो ।
बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर र वडा ४ को बानियाँभार, सुर्खेतको सुब्बाकुनाका स्थानीयबाट जग्गा भोगाधिकारका विषयमा पटकपटक अवरोध सिर्जना भएको थियो । बानियाभारका स्थानीयले अदालतमै रिट हालेका थिए । अदालतले आयोजनाको पक्षमा हुने गरी आदेश गरेपछि सबैभन्दा पछि यस क्षेत्रमा तीन वटा टावर निर्माणको काम अघि बढेको थियो ।
प्रसारण लाइन सुचारु भएपछि कर्णालीमा विद्युत् आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ । ३७ वर्ष पहिले २०४५ मा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलो पटक ३३ केभी लाइन विस्तार गरिएको थियो । उक्त लाइन साना सिटी पोलमार्फत जंगलको बीचमा भएकाले पानी पर्दा, हावा चल्दा यो लाइन बारम्बार अवरुद्ध हुन्छ । साथै भोल्टेज लो पनि हुने गरेको छ । यो विद्युत्ले कर्णालीवासीलाई दुःख दिइरहेको छ ।
२१ माघ २०८२, मंगलवार १३:२५ प्रकाशित