१९ माघ, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति निर्मम बन्ने बताएका छन । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवं प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा गरिएको ‘आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमलाई सुरुमा सचेत गराउने तर सुधार नभए निर्मम बन्नुको विकल्प नहुने बताएका हुन । अहिले निर्वाचनको माहोलमा पत्रकार अझ मर्यादित र जिम्मेवार बन्नुपर्नेमा उनको जोड रहेको थियो ।
पत्रकारले गल्ती सच्याउने तत्परता देखाउनुपर्ने भन्दै उनले समाचार लेख्दा समानुभूतिको सिद्धान्तलाई ख्याल गर्नुपर्ने आवश्यकता समेत औंल्याएका थिए। पत्रकारले सामाजिक संजालमा व्यक्त गर्ने विचार पनि अनुगमनको दायरामा आउने भन्दै उनले प्रेस काउन्सिल नेपालले निरन्तर स्वअनुगमन गर्दै आएको स्पष्ट पारे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अध्यक्ष आचार्यले पत्रिका वर्गीकरणलाई वैज्ञानिक बनाउने, परिमार्जन गर्ने कोशिसमा लागेको जानकारी गराउँदै अनलाइन सञ्चार माध्यमको बर्गीकरणकालागि पनि प्रयास भइरहेको उल्लेख गरे । ५० वर्ष बढी पत्रकारिता गरेका पत्रकारलाई सम्मान गर्ने निर्णय काउन्सिलले गरेको बताउँदै उनले आस्थाको आधारमा नभई योग्यताको आधारमा पुरस्कार प्रदान गर्ने प्रणाली स्थापित गरिने पनि स्पष्ट पारे । प्रादेशिक संरचना विस्तार गर्न काउन्सिल परामर्शमै रहेको बताउँदै उनले यसमा आफू सकारात्मक रहेको स्पष्ट पारेका थिए।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले काउन्सिलको पछिल्लो गतिविधिसंगै अनुगमनको पाटोबारे जानकारी गराएकी थिईन । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूले गम्भीरतापूर्वक आचारसंहिताको पालना गर्नुपर्नेमा जाड दिए ।
शाखा अध्यक्ष गिरीले निर्वाचनको समयमा पत्रकारहरू अझ संवेदनशील बन्नुपर्ने आवश्यकता महसुस गरेर आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह समेत गरे ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, पत्रकारहरू कृष्ण अधिकारी, आरिफ अन्सारी, अछरी पोखरेल, डक्ट प्रसाद धिताल, कमल खत्री, विरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरे लगायतले आफ्नो जिज्ञासा, सुझाव र पृष्ठपोषण प्रदान गरेका थिए।
कार्यक्रमको सहजीकरण शाखा सचिव कृष्ण ओलीले गरेका थिए ।
२० माघ २०८२, सोमबार २१:१९ प्रकाशित