नेपालगञ्जमा सञ्चार संवाद सुरु
  • काँचुली खबर

१९ माघ, नेपालगन्ज । नेपालगन्जमा स्वतन्त्र, उत्तरदायी र पेशागत पत्रकारिताको अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित सञ्चार संवादले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले रिवन काटेर कार्यालय उद्घाटन गर्दै संस्थाको सुरुआत गरेका हुन ।

प्रमुख अतिथि डा. आचार्यले पत्रकारिताको मर्म र मापदण्डभित्र रहेर काम गरिए पत्रकारले कुनै समस्या भोग्न नपर्ने स्पष्ट पारे। आफू नेपालगन्जकै भएकाले आफ्नै कर्मभूमिमा बोलाएर कार्यक्रम गरिएकोमा खुसी व्यक्त गर्दै उनले सञ्चार संवाद परिवारप्रति धन्यवाद दिए। समुदायस्तरसँग घुलमिल भएर गरेको काम स्मरण गर्दै उनले सञ्चार संवादले समाजमा कुनै आक्षेप नलाग्ने गरी जिम्मेवार पत्रकारिता गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारिताको विश्वास र विश्वसनीयता आचारसंहितामा आधारित हुने उल्लेख गर्दै सञ्चार संवादलाई विवादभन्दा टाढा रही तथ्य र सन्तुलनमा आधारित काम गर्न सुझाव दिएका थिए। पत्रकार समाजको ऐना भएकाले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चार संवादको सुरुआतले नेपालगन्जको पत्रकारिता क्षेत्रमा नयाँ इट्टा थपिएको उल्लेख गरे । आगामी दिनमा संवादसँग सहकार्य गर्दै पत्रकारिताको गुणस्तर उकास्न महासंघ तयार रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै सञ्चार संवादका अध्यक्ष डा. डक्ट प्रसाद धितालले सञ्चार संवाद मुनाफारहित, स्वतन्त्र र गैरदलीय संस्था भएको स्पष्ट पारेका थिए। संवाद कुनै राजनीतिक दलको गन्ध नआउने, निष्पक्ष र समाजप्रति उत्तरदायी मञ्चका रूपमा अघि बढ्ने उनकाे भनाइ थियो।

संवादले संवाद, सहकार्य र चेतनाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले उपस्थित सबै अतिथि र सहभागीप्रति आभार प्रकट गरेका थिए।

  • २० माघ २०८२, सोमबार २०:५७ प्रकाशित
  • Nabintech