डेढ लाख घुससहित बर्दियाबाट इन्जिनियर पक्राउ
  • काँचुली खबर

१६ माघ, नेपालगन्ज । बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई डेढ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मल्ललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्लले वडा नं ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापतको घुस मागेको सेवाग्राहीले बताएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घुस मागेको भन्ने सूचना र निवेदनको आधारमा अख्तियारको टोली खटिएको थियो । घुस लिइसकेको अवस्थामा मल्ललाई टोलीले पक्राउ गरेको आयोग सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख झरेन्द्रप्रसाद चापागाईंले बताए ।

इन्जिनियर मल्ललाई रकमसहित नियन्त्रणमा लिई कारबाही प्रक्रिया सुरु गरिएको उनले बताए । हाल रकम प्रमाणित गरि मुचुल्का उठाई अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।

  • १७ माघ २०८२, शुक्रबार १५:३६ प्रकाशित
  • Nabintech