१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुल स्थापनाको २५ वर्षमा प्रवेश गरेका छ । आज भन्दा २५ वर्ष अघि लाहुरेहरुको सक्रियतामा कोहलपुर नगरपालिका वडा नं. २ मा स्थापना भएको गोरखा स्कुलले आफ्नो २५औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।
रजत जयन्ती मनाउने क्रममा विद्यालयमा माघ १६ र १७ गते दुई दिवसीय कार्यक्रम संचालन भईरहेका छन । जस अन्तर्गत आज अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विद्यालयले अभिभावक दिवसका अवसरमा बिद्यालय प्रांगणमा बिबिध सांस्कृतिक कला संस्कृति प्रर्दशनका साथै अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा सिर्जना गरिएका बिबिध शैक्षिक उन्नयनका बिधाहरु समेत स्टलवाईज प्रर्दशनीमा राखेको गोरखा स्कुलले आफ्ना अभिभावकहरुलाई शैक्षिक प्रर्दशनीबाट ध्यान खिच्न सफल भएको छ । वालवालिकाहरुले तयार पारेका शैक्षिक स्टलहरुलाई कलात्मक रुपमा ब्रिफिङ गर्ने कलाले आफुलाई निकै आर्कषित गरेको एक अभिभावकले बताए ।
विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरको अध्यक्षतामा आयोजित रजत जयन्ती समारोहको पहिलो दिन विद्यालयका प्रमुख सल्लहकार प्रा.डा. गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक साधना थापाले जानकारी दिईन ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सीता कार्की, बिभिन्न पालिकाका जन प्रतिनिधि, सामाजिक ब्यक्तित्व, विद्यालय सञ्चालक समितिका सदस्यहरु, शेयर सदस्यहरु, अभिभावक, शिक्षक संघका सदस्यहरु, विद्यालयका पदाधिकारीहरुका साथै अभिभावक विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल साधना थापाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले तमाम अभिभावकहरुको अथक मेहनत, सहयोग र सल्लाहका कारण आज विद्यालय २५औं वर्षमा प्रवेश गर्न सफल भएको भन्दै विद्यालयको श्रीबृद्धिमा प्रत्यक्ष वा परोक्ष योगदान दिने शेयरधनि, सञ्चालक, अभिभावक तथा सरोकारवाला सबै पक्ष धन्यवादका पात्र भएको बताए ।
उनले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा, ब्यबहारीक शिक्षा एवं बिद्यार्थी सुहाउदो शिक्षा प्रदानमा गोरखाले कुनै कसर बाँकि नराखेको जिकिर गर्दै समय सापेक्ष शैक्षिक क्यालेण्डरलाई सुधार गर्दै लगिएको चर्चा गरे । शिक्षामा कुनै कमि नहोस भन्दै विद्यालयले परामर्शदाता तथा पाठयक्रम विकासकर्ता नियुक्त गरेर पञ्चवर्षिय योजना अनुरुप गतिविधि अगाडी बढाईरहेको जानकारी समेत दिए ।
अभिभावक दिवसकै अवसरमा वालवालिकाहरुका आफ्ना प्रतिभाहरुलाई उजागर गर्न अधिकाशं समय उनीहरुलाई मञ्च प्रदान गरिएको थियो । वालवालिकाहरुले सांस्कृतिक नृत्य, जुम्वा, योगाकासाथै फन गेममा समेत सहभागिता जनाएका थिए ।
१७ माघ २०८२, शुक्रबार १५:१५ प्रकाशित