मतदाताको घरदैलोमा बिष्ट, खानेपानी समस्या समाधानको प्रतिबद्धता
  • काँचुली खबर

१३ माघ, नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट आज बिहानैदेखि घरदैलो अभियानमा जुटेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटकालागि विष्ट सहितको टोली मतदाताको घरदैलोमा पुगेको हो ।

घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको आशिर्वाद लिँदै विष्टले खानेपानी समस्याको दीर्घकालीन समाधानकालागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विष्टसँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि मतदाता भेटघाटमा सहभागी हुँदै एकेवद्धता जनाएका थिए । उनीहरुले समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसदभित्र सशक्त भूमिका खेल्ने भन्दै तारा चुनाव चिन्हमा भोट दिन स्थानियसँग आग्रह गरेका थिए ।

स्थानीयसँगको संवादमा उम्मेदवार बिष्टले वडा नं. ३ ले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावलाई गम्भीर चुनौतीका रूपमा लिँदै नीतिगत पहल, बजेट सुनिश्चितता र कार्यान्वयनको ठोस योजना अघि बढाउने बताए । “खानेपानी नागरिकको आधारभूत अधिकार हो, यसको समाधान बिना विकास अधुरो हुन्छ,” उनको भनाइ थियो।

समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुनले महिला, अल्पसंख्यक र पछाडि पारिएका समुदायका आवाजलाई नीतिनिर्माणसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आवश्यकता अनुसारको नीति निर्माणमा जोड दिएका थिए । मतदाताहरूले उम्मेदवारहरूको सामूहिक उपस्थिति, सरल संवाद र स्पष्ट प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन ।

वडा नं. ३ मा देखिएको बिहानैदेखिको सक्रियताले चुनावी माहोल थप उर्जाशील बनेको छ। यो जनसम्पर्क अभियानले बाँके क्षेत्र नं. २ मा समाधानमुखी र समावेशी राजनीतिप्रति बढ्दो जनविश्वासलाई झल्काएको छ ।

  • १४ माघ २०८२, मंगलवार १५:२८ प्रकाशित
  • Nabintech