इलाका प्रशासन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • काँचुली खबर

१२ माघ, दाङ । इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोागका प्रवक्ता सुरेश न्यौपानका अनुसार खवाससहित राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन वडा सचिव (स्थानीय पञ्जिकाधिकारी) राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी, आलम जोल्हा र आएसा जोल्हाविरुद्ध सरकारी कागजात सच्याएको एवम् गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आयोगकाअनुसार उनीहरुले दाङको राजपुर गाउँपालिका, वडा नं।४ स्थायी ठेगाना भएको भनी झुट्टा लिखत तयार गरी गराइ सरकारी कागजात सच्याइ नागरिकलाई नागरिकताको प्रमाणपत्र दिलाइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  • १३ माघ २०८२, सोमबार १८:४८ प्रकाशित
  • Nabintech