गोरखा २ बाट बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
  • काँचुली खबर

९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गोरखा २ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए । उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भनेका छन्, ‘भोलि आवश्यक पर्दा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने मैले निर्णय गरेको छु । आगामी दिनमा म देशले चाहेको राजनीतिक दल, अग्रगामी सोच राख्ने दल, समूह, व्यक्तिहरूले चाहेका अनुसार नै म उहाँहरूलाई सहयोग गर्न, यो देशको निम्ति, समाजको निम्ति निरन्तर लागिरहन म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

आगामी दिनमा म आफू निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले थपेका छन्, ‘म निरन्तर देशको अग्रगमनको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा र खासगरी आगामी दिनमा जुन हामीले हिजोदेखि कायम, यो लागू गर्न नसकेको बृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने कुरा छ, अहिले जेनजी विद्रोहपछि जेनजी समूहसँग राज्यले गरेको सम्झौता छ, यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट साथ सहयोग गर्ने नै छु । र आवश्यक पर्ने भूमिका म निःशर्त रूपमा, निस्वार्थ ढङ्गले मैले निर्वाह गर्ने नै छु ।’

  • १० माघ २०८२, शुक्रबार १४:०७ प्रकाशित
  • Nabintech