४ माघ, काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयनको समयवाधि बढाउने तयारी गरको छ।
दलहरूको आग्रहमा मनोनयन दर्ताको समय केही दिन थप्ने तयारी भइरहेको आयोग स्रोतले बतायो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘निर्वाचनको कार्यतालिका पर सर्दैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुनसक्छ’ आयोग स्रोतले भन्यो, ‘आधिकारिक निर्णय गर्न बाँकी छ।’
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्नेछ। तर आयोगले कम्तिमा दुई दिन अवधि थप्ने तयारी गरेको हो। स्रोतका अनुसार सम्भवतस् माघ ८ गतेसम्म मनोनयन दर्ताको समय थप हुनेछ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोगमा पुगेर मनोनयन दर्ताको समय सारिदिन आग्रह गरेको छ। देउवा पक्षले सर्वोच्च अदालतमा दिएको रिटमा पनि मनोनयन दर्ता सार्न आदेश माग गरेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा आज सर्वोच्च अदालतमा रिट दिएका देउवा पक्ष उक्त रिट समावेश गरी निर्वाचन कार्यक्रम स्थगन गर्न माग गर्न निर्वाचन आयोग पुगेका हुन्।
‘निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीका सम्बन्धमा गरेको अवैधानिक, असंवैधानिक, गैरकानुनी तथा बदनीयतपूर्ण निर्णयबारे सर्वोच्च अदालतमा रिट निवेदन दिएको हुँदा सर्वोच्च अदालतले निर्णय नगरेसम्म निर्वाचनसम्बन्धी आयोगका कामकारबाही स्थगन गर्न हामीले सर्वोच्चमा दिएको रिट निवेदनको प्रतिलिपिसहित निर्वाचन आयोगमा जानकारी गराउँदैछौं’ निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने।
देउवा पक्षले आइतबारै सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेका छन्।
साथै उनीहरूले प्रतिनिधि सभा मनोनयन रोक्न र अर्को मनोनयन मिति तोक्न परमादेश पनि माग गरेका छन्
५ माघ २०८२, आईतवार १४:३८ प्रकाशित