माल्दाईले कता कता भनेपछि दर्शकले भने यता यता
  • काँचुली खबर

३ माघ, नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक कमल विसी माल्दाईले प्रस्तुति दिएका छन । “बर्दियाको बाघ आयो” भन्दै स्टेज चढेका माल्दाईलाई दर्शकले खुलेर स्वागत गरेका थिए ।

गायक माल्दाईले “कता कता भनेपछि दर्शकले यता यता” भनेर  जवाफ फर्काएका थिए । दर्शकको हुटिङले माल्दाईको जोसले झनै माहोलको रोनक छुट्टै भएको थियाे । दर्शकको हुटिङ पाएका गायक माल्दाई डोरी बाटेर बोलको गित प्रस्तुत गर्दा दर्शक झनै उफ्रि उफ्रि नाचेर साथ दिएका थिए । गायक माल्दाईले चकलेटको गेम खेलाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै चर्चित गायीका सृजना खत्री हाउडे मायाले “पिपलु छाया लाहुरे माया, हाउडे माया” जस्ता गित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेकि थिईन । यस्तै मोडेल करिश्मा शाहीले नृत्य प्रस्तुत गरकि थिईन भने दैनिक लोकदोहरीसँगै स्थानिय कलाकारहरुले समेत आफ्नाे प्रस्तुती दिएका थिए ।

आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ यहि पुष ३० गतेदेखि संचालन भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा संचालन भएकाे महाेत्सव पुष १० गतेसम्म चल्नेछ ।

महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने आयाेजकले जनाएकाे छ । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिईन ।

यस्तै भोली आइतवार नेपालगन्ज महोत्सवमा चर्चित गायक खुमन अधिकारी, गायीका इसबल सन्ज्याल, मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले बताईन ।

  • ४ माघ २०८२, शनिबार २१:०५ प्रकाशित
  • Nabintech