२१ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवको १३औँ दिन सोमबार चर्चित गायक पशुपति शर्मा, लोकप्रिय गायिका एलिना चौहान र मोडल यमुना भण्डारी सहित स्थानीय कलाकारहरूले दमदार प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारेका छन् ।
लोकप्रिय ठट्यौली तथा ब्याङ्ग्यात्मक गीतहरूका लागि परिचित गायक पशुपति शर्माले आफ्नो विशेष शैलीमा प्रस्तुति दिँदै महोत्सव स्थललाई उत्साहले भरिदिए । “झोले त मै-झोले त तैं, लुट्न सके लुट कान्छा” जस्ता ब्याङ्ग्यात्मक गीतमा दर्शकदीर्घाबाट खुलेर साथ र तालीको वर्षा भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी चर्चित गायिका एलिना चौहानले पुसको चिसोलाई चुनौती दिँदै आफ्नो मधुर आवाजमार्फत माहोल तताएकी थिइन् । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका चौहानले आफ्ना आधा दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएकी थिइन् ।
कार्यक्रममा मोडल यमुना भण्डारी सहित स्थानीय कलाकारहरूले समेत आकर्षक र धमाकेदार प्रस्तुति दिएका थिए ।
यसैबीच महोत्सवलाई सफल रूपमा सञ्चालन गर्न योगदान पुर्याउने विभिन्न उप-समितिका संयोजक, सह-संयोजक तथा सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको छ ।
भोलि स्टेज किङ दुर्गेश थापा आउने
महोत्सवमा भोलि चर्चित स्टेज किङ दुर्गेश थापा को विशेष प्रस्तुति रहने भएको छ । दुर्गेश थापासँगै गायिका सम्झना रनपाल, रिता केसी, तृप्ती खड्का तथा गायक भुवन भट्टराई, विश्वजित मल्ल ठकुरी र डान्सर पुजा बुढाको समेत प्रस्तुति रहने कार्यक्रम तय भएको कला, संस्कृति तथा अतिथि सत्कार उप-समितिका संयोजक चण्डी प्रसाद गैरे ले जानकारी दिएका छन् ।
२१ पुष २०८२, सोमबार १९:२९ प्रकाशित