कोहलपुरका कुनै पनि महोत्सवमा नछुट्ने एकमात्र कलाकार बद्री पंगेनी
  • काँचुली खबर

१९ पुस, कोहलपुर । कोहलपुरमा सञ्चालन भइरहेको कोहलपुर महोत्सव सातौँ संस्करणमा प्रवेश गरेको छ। यही पुस ९ गतेदेखि सुरु भएको महोत्सवको ११औँ दिन शनिबार चर्चित गायक बद्री पंगेनीले आफ्नो सशक्त प्रस्तुति दिएका छन् ।

प्रस्तुति दिनुअघि गायक पंगेनीले कोहलपुरवासीप्रति आभार व्यक्त गर्दै, कोहलपुरमा महोत्सव सुरु भएयता हालसम्म सञ्चालन भएका सबै महोत्सवमा सहभागी हुन पाएको एकमात्र भाग्यमानी कलाकार आफू भएको बताए । उनले यस उपलब्धिलाई गर्वको विषय भएको उल्लेख गर्दै महोत्सव आयोजकप्रति धन्यवादसमेत ज्ञापन गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महोत्सवको ११औँ दिन गायक बद्री पंगेनीसँगै यम टि महर, गायिका प्रीती आले तथा मोडल टिका जैशी लगायतका कलाकारहरूले दर्शकमाझ आकर्षक प्रस्तुति दिएका थिए । चिसो मौसमका बाबजुद महोत्सव परिसर दर्शकले खचाखच भरिएको थियो ।

दर्शक सहभागिता उत्साहजनक रूपमा बढ्दै गएपछि महोत्सवको अवधि थप गरिएको आयोजकले जनाएको छ । अब महोत्सव पुस २३ गतेसम्म सञ्चालन हुनेछ ।

आइतबार आउने कलाकारहरू

महोत्सवको १२औँ दिन आइतबार चर्चित गायक कमल खत्री, कुलेन्द्र विक, गायिका शान्तिरानी परियार, उदयमान गायक ऋषी थापा तथा मोडल सिन्दु चन्द ठकुरी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने जानकारी कला, संस्कृति तथा अतिथि सत्कार उप-समितिका संयोजक चण्डी प्रसाद गैरेले दिएका छन् ।

  • १९ पुष २०८२, शनिबार १९:१९ प्रकाशित
  • Nabintech