अर्जुन र स्बलले कोहलपुर महोत्सवमा धुलो उडाए
  • काँचुली खबर

१७ पुस, कोहलपुर । कोहलपुर महोत्सवको नवौं दिन कोहलपुर महोत्सवसम्म पनि दर्शकको चाप उत्तिकै देखिएको छ । महोत्सव सुरु भएदेखी नै निरन्तर महोत्सवस्थलमा अवलोकनकर्ताको आगमन बढिरहेको छ ।

सोही क्रममा आज युवा पुस्ताका चर्चित गायकद्धवय अर्जुन सापकोटा र स्बल सन्ज्यालले कोहलपुरमा धुलो उडाएका छन । पछिल्लो समय निकै चर्चामा रहेका गायक सापकोटाले आफ्नो प्रस्तुती दिईरहँदा दर्शकदिर्घामा उपस्थित कयौं युवतीहरु रोएको दृष्य रोचक देखिएको थियो । उनको गितमा झुम्न हरेक उमेर समुहका दर्शकहरु महोत्सवस्थलमा केन्द्रित भएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी लाईभ दोहोरी मार्फत चर्चा कमाएकी गायीका सन्ज्यालले समेत कोहलपुरमा आफ्नो स्वरको दाजु छरेकी छन । उनले देउडा गाँउदा दर्शकहरुले नाचेर साथ दिएका थिए ।
त्यसैगरी मोडल आरुसी मगरले दमदार नृत्य प्रस्तुत गरेकी थिईन । कलाकारहरूको दमदार प्रस्तुतीका कारण महोत्सवस्थलमा दिनभरि उत्साह र उमङ्गको वातावरण देखिएको थियो ।

महोत्सवमा हरेक दिन सबै उमेर समूहका दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको महोत्सव सचिवालयले जनाएको छ ।

भोली आउने कलाकारहरू

महोत्सवको दशौं दिन शुक्रबार चर्चित गायक चक्र बम, गायीका रचना रिमाल र मोडल करिश्मा शाहीको विशेष प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने कला, संस्कृती तथा अतिथि सत्कार उप–समिति संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।

  • १७ पुष २०८२, बिहीबार १९:२८ प्रकाशित
  • Nabintech