१७ पुष, कोहलपुर । भदौ २३ र २४ गतेको जेन्जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद युवाहरूको स्मृतिमा कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परिवर्तनका लागि युवा समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शहीदप्रति सम्मान र मानवीय सेवाको सन्देश प्रवाह गरेको छ ।
परिवर्तनका लागि युवा समूहको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको कार्यक्रमक संयोजक अशोक गौडेलले जानकारी दिएका छन् । सम्पन्न रक्तदान कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो । संकलित रगत आपतकालीन अवस्थामा जीवन रक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
रक्तदान कार्यक्रमको सहजिकरण कोहलपुर उद्योग वाणिज्य संघले गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, कोहलपुर शाखाले प्रदान गरेको थियो । रक्त संकलन प्रक्रिया सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गरिएको रेडक्रसले जनाएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले जेन्जी युवा आन्दोलनमा शहादत प्राप्त गर्ने युवाहरूको बलिदान कहिल्यै नबिर्सने उल्लेख गर्दै, उनीहरूको सम्झनालाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सेवामार्फत जीवन्त राख्नु आजको आवश्यकता भएको बताए । रक्तदानजस्तो पुण्य कार्यले शहीदप्रतिको सम्मानसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनीहरूको भनाइ थियो ।
परिवर्तनका लागि युवा समूहले आगामी दिनहरूमा पनि सामाजिक रुपान्तरण, युवाको सशक्तिकरण तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
१७ पुष २०८२, बिहीबार ११:२१ प्रकाशित