१६ पुस, कोहलपुर । दिनप्रतिदिन कोहलपुर महोत्सवको रौनक बढ्दै गएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ गतेदेखि कोहलपुर न्यूरोडस्थित खुला मैदानमा सञ्चालन भइरहेको महोत्सवको आठौँ दिन (बुधबार) पनि दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
“बोल माया” गीतका सर्जक तथा चर्चित गायक प्रकाश सपुत र ‘अन्टी लभर’ गीतमार्फत लोकप्रिय बनेकी गायिका कला लम्सालको विशेष प्रस्तुतिले बुधबार महोत्सव परिसर सांगीतिक उल्लासले भरिएको थियो । युवा पुस्तामाझ अत्यन्त लोकप्रिय गायक सपुतले आफ्ना आधा दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएका थिए । गायिका कला लम्सालले पनि आफ्नो सशक्त स्वर र प्रस्तुतीमार्फत दर्शकको मन जितेकी थिइन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

त्यसैगरी चर्चित मोडल तथा डान्सर अस्मिता पुरीसँगै उदयमान गायिका भगवती नेपालीले समेत प्रस्तुति दिँदै कोहलपुरका दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । कलाकारहरूको दमदार प्रस्तुतीका कारण महोत्सवस्थलमा दिनभरि उत्साह र उमङ्गको वातावरण देखिएको थियो ।
महोत्सवमा हरेक दिन सबै उमेर समूहका दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको महोत्सव सचिवालयले जनाएको छ । आठौँ दिनसम्म आइपुग्दा झण्डै एक लाखभन्दा बढी दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरिसकेको आयोजक समितिको दाबी छ ।

सांस्कृतिक कार्यक्रमसँगै महोत्सवस्थलमा बाल उद्यान, थारु गाउँ, व्यावसायिक स्टलहरू तथा विभिन्न प्रदर्शनी कक्षहरू दर्शकका प्रमुख आकर्षण बनेका छन् । यस वर्ष नयाँ प्रयोगका रूपमा हरेक दिन बिहान सञ्चालन हुँदै आएको ‘टक शो’ कार्यक्रम तथा जलपरी (वाटर शो) ले समेत दर्शकको ध्यान खिच्न सफल भएका छन् ।
कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ मा आगामी दिनहरूमा पनि दर्शकको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

भोली आउने कलाकारहरू
महोत्सवको नवौं दिन बिहिबार चर्चित गायक अर्जुन सापकोटा, देउडा गायीका स्बल सन्जेल र मोडल आरुसी मगरको विशेष प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने कला, संस्कृती तथा अतिथि सत्कार उप-समिति संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।
१६ पुष २०८२, बुधबार १८:५७ प्रकाशित