कोहलपुर महोत्सवमा ज्योती मगरको जबरजस्त क्रेज
  • काँचुली खबर

१५ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवमा ज्योती मगरको क्रेज देखिएको छ । ज्योती मगरसहितका लोकप्रिय कलाकारहरू आउने जानकारी पाएसँगै बिहानैदेखि वृद्धदेखि युवा उमेर समूहका दर्शकहरू महोत्सव परिसरमा जम्मा भएका थिए । अबेर साँझ मात्रै मञ्चमा उक्लिएकी ज्योतीलाई हेर्न दर्शकहरू दिनभर धैर्यपूर्वक प्रतीक्षा गरिरहेका देखिन्थे ।

ज्योती मगरले आफ्नै विशिष्ट शैलीमा प्रस्तुत गरेका गीतहरूमा दर्शकहरू झुमेका थिए । उनको ऊर्जाशील प्रस्तुतीले सिंगो कोहलपुर नै नाचगानमा मग्न भएको थियो । त्यसअघि चर्चित गायक रामजी खाँडले करिब डेढ घण्टा मञ्चमा बिताउँदै आफ्ना आधा दर्जनभन्दा बढी चर्चित गीतहरू प्रस्तुत गरेका थिए। खाँडको दमदार प्रस्तुतीमा दर्शकहरूको उल्लेखनीय साथ देखिएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी, सांस्कृतिक कार्यक्रमको सुरुवातमै मञ्चमा उक्लिएकी गायिका राधिका हमालले पनि आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गर्दै दर्शकको मन जितेकी थिइन् । हमालको प्रस्तुतीमा दर्शकको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ ।

सातौँ दिन पनि महोत्सवमा उत्साह कायमै

महोत्सवको सातौँ दिन कोहलपुरकै चेली गायिका रेश्मा पुन मगर र मोडल अञ्जली अधिकारीको उपस्थितिले महोत्सव थप रोमान्चक बनेको थियो । राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरूलाई आफ्नै नगरमा प्रत्यक्ष देख्न पाउँदा दर्शकहरू मन्त्रमुग्ध देखिएका थिए । चिसो मौसमका बाबजुद महोत्सवस्थलमा हजारौँ दर्शकको उल्लेखनीय उपस्थिति रहनुले महोत्सवप्रति जनस्तरको आकर्षण स्पष्ट पारेको छ । कलाकारहरूको जीवन्त प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको आयोजक समितिले जनाएको छ ।

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा ६ विद्यालय फाइनलमा

यसैबीच, महोत्सवअन्तर्गत सञ्चालन भइरहेको विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको फाइनलमा पुग्ने ६ वटा विद्यालयको टुंगो लागेको छ। प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका थिए । जसमध्ये तक्षशिला एकेडेमी, जन ज्ञानज्योति पब्लिक स्कुल, गोरखा युनाइटेड, ग्रिनपिस माध्यमिक विद्यालय, निम्बल एकेडेमी र वेस्टर्न ई।एम। स्कुल फाइनलका लागि छनोट भएका छन् ।

कला, संस्कृति तथा आतिथ्य सत्कार उपसमितिका सह-संयोजक देबीलाल सुनारका अनुसार फाइनलमा छनोट भएका ६ टिममध्ये उत्कृष्ट तीन टिमलाई क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित गरिनेछ । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

महोत्सवका विविध आकर्षण

पुस ९ गतेदेखि सञ्चालनमा आएको महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवस्थलमा बालउद्यान, थारु गाउँ, व्यावसायिक स्टल तथा विभिन्न प्रदर्शनी कक्षहरू दर्शकका प्रमुख आकर्षणका केन्द्र बनेका छन् । यस वर्ष नयाँ प्रयोगका रूपमा हरेक दिन बिहान “टक शो” कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ ।

कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ मा आगामी दिनहरूमा पनि दर्शकको उत्साहजनक सहभागिता रहने अपेक्षा आयोजक समितिले व्यक्त गरेको छ ।

भोली आउने कलाकारहरू

महोत्सवको आठौँ दिन बुधबार चर्चित गायक प्रकाश सपुत, कला लम्साल, भगवती नेपाली तथा नृत्याङ्गना अस्मिता पुरीको विशेष प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिने आयोजक समितिले जनाएको छ।

  • १५ पुष २०८२, मंगलवार १९:११ प्रकाशित
  • Nabintech