१४ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सव-२०८२ मा चर्चित कलाकारहरूको आगमन क्रम निरन्तर जारी रहेको छ । महोत्सवको छैठौँ दिन लोकप्रिय गायक खुमन अधिकारी, टंक तिमिल्सिना तथा कलाकार सपना शाही र रितु शाहीले दर्शकमाझ सशक्त सांगीतिक प्रस्तुति दिएका छन् ।
चिसो मौसमका बाबजुद महोत्सवस्थलमा हजारौँ दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो । कलाकारहरूको जीवन्त प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि कोहलपुरसहित आसपासका गाउँ-गाउँबाट आएका स्थानीयले सांगीतिक कार्यक्रमको आनन्द लिनुका साथै घरायसी आवश्यकताका सामग्रीहरू सुपथ मूल्यमा खरिद गर्ने अवसरसमेत पाएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
महोत्सवस्थलमा बालउद्यान, थारु गाउँ, व्यवसायिक स्टल तथा विभिन्न प्रदर्शनी कक्षहरू आकर्षणका केन्द्र बनेका छन् । यही पुस ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा यस वर्ष नयाँ प्रयोगका रूपमा हरेक दिन बिहान “टक शो” कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ ।
कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ मा भोली पनि दर्शकको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।
भोली आउने कलाकारहरू
महोत्सवको सातौँ दिन मंगलबार चर्चित गायिका ज्योती मगर, राधिका हमाल, रेश्मा पुन मगर, गायक रामजी खाँड तथा मोडल अञ्जली अधिकारीको विशेष प्रस्तुति रहनेछ । यसका साथै विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता र स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिने आयोजक समितिले जनाएको छ ।
१४ पुष २०८२, सोमबार १९:०९ प्रकाशित