महोत्सवबारे भ्रामक अफहवा नफैलाउन संघको आग्रह
  • काँचुली खबर

२ पुष, कोहलपुर । कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तीव्र पारिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन आयोजक समिति सक्रिय रूपमा जुटेको छ ।

यसैबीच, महोत्सवलाई बदनियतपूर्ण रूपमा असफल बनाउने उद्देश्यले फैलाइएका केही भ्रम, अफवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन आयोजक समितिले सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदिप भट्टराईले महोत्सवका सन्दर्भमा फैलाइने भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आधिकारिक जानकारीका लागि महोत्सव सचिवालयमार्फत सत्य–तथ्यमा आधारित विवरण लिन अनुरोध गर्दै महोत्सवलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

आयोजकले महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन सबै पक्षको सकारात्मक भूमिका, सहयोग र अपनत्वको अपेक्षा रहेको जनाउँदै, अपुष्ट तथा गैर–जिम्मेवार सूचनाहरू फैलाएर महोत्सव सञ्चालनमा अवरोध सिर्जना गर्न खोज्ने व्यक्ति वा समूहविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ।

कोहलपुरको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वाससहित कोहलपुर महोत्सवलाई सफल बनाउन आयोजकले सम्पूर्ण नगरवासी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता र सहयोगको समेत अपिल गरेको छ।

लुम्बिनी प्रदेशको पश्चिमी भागमा अवस्थित कोहलपुर पछिल्ला वर्षहरूमा उद्योग, पर्यटन, स्वास्थ्य र शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै आएको छ। तीव्र शहरीकरणसँगै बढ्दै गएको आर्थिक गतिविधिलाई थप मजबुत बनाउने उद्देश्यले वि.सं. २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष पनि यहि पौष ९ देखी १८ गतेसम्म आयोजना हुन लागेको हो।

महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि, स्थानीय हस्तकला, स्वास्थ्य, शिक्षा तथा कला-संस्कृतिसँग सम्बन्धित उत्पादन र सेवाको प्रदर्शनी रहने आयोजकले जनाएको छ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, आर्थिक गतिविधि विस्तार तथा कोहलपुरको पहिचान प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।

  • २ पुष २०८२, बुधबार १६:११ प्रकाशित
  • Nabintech