१ पुष, कोहलपुर । बाँके इसाई समाजद्वारा काेहलपुरमा ख्रिष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम आयाेजना गर्ने भएकाे छ । कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार कोहलपुरमा क्रियाशील पत्रकारहरूसँगकाे छलफलमा कार्यक्रमकाे तयारी पूरा भएकाे जानकारी दिईएकाे छ ।
पत्रकार सम्मेलनमा बोल्दै बाँके इसाई समाजका कार्यक्रम व्यवस्थापक नोखराज रावतले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै समुदायको सहभागितामा कार्यक्रम सञ्चालन गरिने बताए । उनले भने, “शुभकामना आदान–प्रदान, प्रार्थना सभा, सामाजिक सेवा र सांस्कृतिक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो उद्देश्य छ ।”
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी कोहलपुर नगर अध्यक्ष बालकृष्ण विश्वकर्माले ख्रिष्टमसले समाजमा प्रेम, सहिष्णुता र आपसी सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने, “ख्रिष्टमस इसाई समुदायको पर्व मात्र नभई सम्पूर्ण समाजलाई एकताको सन्देश दिने अवसर हो । यस्ता कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव मजबुत बनाउँछ ।”
जिल्ला अध्यक्ष पास्टर शेरबहादुर बोहराले ख्रिष्टमस मानवता, शान्ति र सह-अस्तित्वको सन्देश बोकेको पर्व भएको उल्लेख गरे । “धर्म फरक हुन सक्छ, तर मानवता सबैको साझा मूल्य हो भन्दै ख्रिष्टमसले यही साझा मूल्यलाई बलियो बनाउने काम गर्छ” ।
उनले कार्यक्रमलाई मर्यादित, समावेशी र भव्य रूपमा सम्पन्न गर्न सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । “सबैको सहयोग र सहभागिताले मात्रै कार्यक्रम सफल र प्रभावकारी बन्न सक्छ” उनले भने ।
बाँके इसाई समाजले ख्रिष्टमस शुभकामना आदान–प्रदान कार्यक्रममार्फत सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्यसहित सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेको छ ।
१ पुष २०८२, मंगलवार १९:२२ प्रकाशित