आजदेखि कोहलपुर मेयर कप खेलकुद प्रतियोगिता
  • काँचुली खबर

२५ मंसिर, कोहलपुर । कोहलपुरमा आजदेखि मेयर कप खेलकुद प्रतियोगिता हुने भएको छ । कोहलपुर नगरपालिका-१, कौशिल्यानगरस्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा मंसिर २५ देखि २९ गतेसम्म “कोहलपुर मेयर कप खेलकुद प्रतियोगिता-२०८१” सञ्चालन हुन लागेको हो ।

यस वर्ष प्रतियोगितामा आधारभूत तथा माध्यमिक तह गरी कुल १ हजार ८ सय ५८ खेलाडी सहभागी हुने जनाइएको छ । आधारभूत तहमा २ सय ९७ छात्रा र ४ सय ३४ छात्र गरी ७ सय ३१ खेलाडी सहभागी हुनेछन् भने माध्यमिक तहमा ४ सय ९१ छात्रा र ६ सय ३६ छात्र गरी १ हजार १ सय २७ खेलाडी मैदानमा उत्रने भएका छन् । प्रतियोगितामा माध्यमिक तहतर्फ ४३ विद्यालय र आधारभूत तहतर्फ १० विद्यालय सहभागी हुने बताईएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर नगर खेलकुद समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले प्रतियोगितालाई व्यवस्थित रुपमा संचालनकालागी सबै आवश्यक सम्पूर्ण तयारी गरीएको बताए । “कोहलपुरलाई विद्यालय खेलकुदको केन्द्र बनाउने हाम्रो लक्ष्य हो, मेयर कपले नयाँ प्रतिभा पहिचान गर्ने मात्र होइन, विद्यार्थीहरूलाई अनुशासन र प्रतिस्पर्धाको महत्व सिकाउने मञ्चको रुपमा काम गर्नेछ” उनले भने ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, मार्सल आट्र्स, कबड्डी, हाइजम्प, लङजम्प, ट्रिपल जम्प र जबलिन थ्रो लगायतका खेल विधा समावेश छन् । एथलेटिक्समा १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड तथा १०० मिटर र ४०० मिटर रिले दौड पनि हुने आयोजकले जानकारी दिएको छ ।

कृष्ण माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले गर्ने बताईएको छ । आज बिहान ११:३० बजे उद्घाटन हुने प्रतियोगिताको समापन २९ गते हुने आयोजकले जनाएको छ ।

  • २६ मंसिर २०८२, बिहीबार ०९:२९ प्रकाशित
  • Nabintech