१८ बोरा टिमुरसहित ट्रक चालक पक्राउ
  • काँचुली खबर

२४ मंसिर, कोहलपुर । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो ।

बाजुराबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा सु.प.प्र. ०१-००१ क २१७४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा १८ ओटा बोरामा राखिएको टिमुर फेला परेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ट्रक चालक शुक्लाफाँटा नगरपालिका वडा २ बस्ने ४३ वर्षीया तेजबहादुर जागरीलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको टिमुर आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ ।

टिमुर कुनै पनि अनुमति नलिई ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

  • २५ मंसिर २०८२, बुधबार १५:४१ प्रकाशित
  • Nabintech