नेकपा बाँकेको सन्देश सभालाई नेपालले सम्बोधन गर्ने
  • काँचुली खबर

२३ मंसिर, कोहलपुर । नेपाली कम्युनिष्ट पार्टी बाँकेले जिल्लामा आयोजना गरिने एकता सन्देश सभाको तयारी तीब्र पारेको छ ।

मंसिर २५ गते नेपालगञ्जको त्रिभुवन चौकमा आयोजना गरिने एकता सन्देश सभाको प्रचार प्रसारका लागी ८१ वटै वडाहरूमा सयुक्त बैठक गरेर प्रचार प्रसारका काम तीब्र पारिएको नेता नरेन्द्र पाण्डे जेम्सले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले पालिका स्तर र वडा स्तरमा सयुक्त बैठक बसि प्रचार प्रसारको काम लाई तिव्रता दिइएको जानकारी दिए ।

कार्यक्रम लाई भव्य बनाउनका लागी बिभिन्न उपसमितिहरू गठन गरिएको समेत पाण्डेले बताए । पार्टीका सह संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख वक्ता रहेको कार्यक्रममा नेताहरू शक्ति बहादुर बस्नेत , कर्णजित बुढाथोकी लगायत पनि सहभागी हुने नेता दीपक जिएम ले जानकारी दिए ।

बाँके जिल्ला स्तरीय एकता सन्देश सभामा १० हजार भन्दा बढि मानिसहरको उपस्थिति रहने नेताहरूले दाबी गरेका छन ।

  • २४ मंसिर २०८२, मंगलवार १७:३८ प्रकाशित
  • Nabintech