२० मंसिर, काेहलपुर । तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा माध्यमिक तह (९-१२) तर्फ रनिङ शिल्डमा सबैभन्दा बढी आठ स्वर्ण पदक जित्दै ग्रीन पिस सेकेण्डरी स्कूलले उपाधि जितेको छ । मावितर्फ पाँच स्वर्ण पदकसहित गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र दुई स्वर्ण पदकसहित डायनानिक सेकेण्डरी स्कूलले तृतीय स्थान हासिल गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आधारधूत तह (१-८) तर्फ रनिङ शिल्डमा दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित गोरखा युनाइटेड पब्लिक स्कूलले उपाधि जितेको छ । दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित निम्बल एकेडेमी द्धितीय र दुई स्वर्ण, एक कास्य र एक रजत पदकसहित जीवन ज्योति माध्यमिक विद्यालय तृतीय भएको छ ।
माध्यमिक तह (९-१२) एथलेटिक्सतर्फ पनि ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र डायमिक सेकेण्डरी स्कूल तृतीय भएका छन् । आधारधूत तह (१-८) एथलेटिक्सतर्फ भने निम्बल एकेडेमी प्रथम, एभरेष्ट सैनिक स्कूल द्धितीय र जीवन ज्योति स्कूल तृतीय भएका छन् । प्रतियोगितामा माध्यमिक तहमा छात्रछात्रातर्फ गोरखा युनाइटेड पब्लिक स्कूलका छात्र समीर बस्नेत र छात्रा कल्पना बुढाले उत्कृष्ट खेलाडी घोषित भए ।
आधारभूत तहतर्फ निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा र एभरेष्ट सैनिक स्कूललाई छात्रा साधना थापा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अनुशासित विद्यालयका रुपमा एभरेष्ट सैनिक स्कूललाई सम्मान गरिएको थियो ।
विजेता विद्यार्थी र तथा विद्यालयलाई ट्रफीसहित मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए ।
प्रतियोगितामा समापनमा विजेता विद्यालयलाई समापन सत्रका प्रमुख अतिथि तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालसहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाएका थिए । यस्तै आधारभूत तह (१-८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी-३) तर्फ १२० जनागरी कूल ९६० जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाले सहभागिता जनाएर प्रतिष्पर्धा गरेका थिए ।
२१ मंसिर २०८२, शनिबार १८:१५ प्रकाशित