प्याब्सन कोहलपुर रनिङ शिल्डका अधिकांश खेल सम्पन्न, भोली समापन
  • काँचुली खबर

१९ मंसिर, काेहलपुर । मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा अधिकांश खेल सम्पन्न भएका छन् । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको छ । कोहलपुर-११ स्थित न्युरोडको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा शुक्रबारसम्म अधिकांश खेल सम्पन्न भएका हुन् ।

आधारभूत तह (१-८) सम्मको छात्रतर्फ १ सय मीटर दौडमा निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा प्रथम, राम जानकी स्कूलका शिव हमाल द्धितीय र गोरखा युनाइटेड स्कूलका कृष्ण पौडेलले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ एभरेष्ट सैनिक स्कूलकी साधना राना प्रथम, गोरखा युनाइटेड स्कूलकी सिम्रन मल्ल द्धितीय र ग्रीन पिस स्कूलकी सौजिता गैरेले तृतीय स्थान हासिल गरेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

छात्रतर्फ ४ सय मीटर दौडमा गोरखा युनाइटेड स्कूलका विजय राज भण्डारी प्रथम, बागेश्वरी एकेडेमीका प्रजापति विक द्धितीय र जीवन ज्योति स्कूलका शुभम रानाले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ जीवन ज्योति स्कूलकी प्रश्मी गिरी प्रथम, गुरुकूल शिक्षा सदनकी आर्या थारु द्धितीय र गोरखा युनाइटेड स्कूलकी श्रृशा शाहीले तृतीय स्थान हासिल गरेका छन् ।

आधारभूत तह (१–८) सम्मको ८ सय मीटर दौडमा छात्रतर्फ ग्रीनपिस स्कूलका चन्द्र राज चौलागाईले प्रथम स्थान हासिल गरेका छन् । उक्त विधामा निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा द्धितीय र बागेश्वरी एकेडेमीका प्रसान्त पुनमगरले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ कोहलपुर पाठशालाकी छिता भट्टले प्रथम स्थान हासिल गरेको छ । निम्बल एकेडेमीकी समृद्धि बुढामगर द्धितीय र गुरुकूल शिक्षा सदनकी जिया थारुले तृतीय स्थान हासिल गरेका छन् ।

माध्यमिक तह (९–१२) को १ सय मीटर दौडमा गोरखा युनाइटेड पब्लिक स्कूलका रोशन बुढाथोकी प्रथम, राम जानकी स्कूलका लोकेश राना द्धितीय र तक्षशिला एकेडेमीका नवीन बस्याल तृतीय भएका छन् । छात्रातर्फ डायनामिक माविकी सम्झना राना प्रथम, बाल विद्या माविकी प्रियंका सुनार द्धितीय र जीवन ज्योति स्कूलकी सुविना केसीले तृतीय स्थान हासिल गरेका छन् ।

४ सय मीटर दौडमा ग्रीनपिस स्कूलका विपिन बुढाथोकी प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूलका अर्जुन रोकाया द्धितीय र बाल विद्याका ललित गिरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । छात्रातर्फ जीवन ज्योति स्कूललाई अनिमा चौधरी प्रथम, ग्रीन पिस स्कूलकी प्रमिला योगी र गोरखा युनाइटेड पब्लिक स्कूलकी निकिता हमालले तृतीय स्थान हासिल गरेका छन् ।

८ सय मीटर दौडमा छात्रतर्फ डायनामिक मावि प्रथम,सेन्चुरी एजुकेशन एकेडेमी द्धितीय र बालविद्या मावि तृतीय भएका छन् । छात्रातर्फ ग्रीन पिस स्कूलकी निकिता हमाल प्रथम,जीवन ज्योति स्कूलकी शिवानी विक द्धितीय र एभरेष्ट सैनिक स्कूलकी सिर्जना रानाले तृतीय स्थान हासिल गरेका छन् ।

१५ सय मीटर दौडमा गोरखा युनाइटेड पब्लिक स्कूलका समिर बस्नेत प्रथम, ग्रीन पिस स्कूलका प्रशान्त विष्ट द्धितीय र जीवन ज्योति स्कूलका सुगम चौधरीले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ ग्रीन पिस स्कूलकी सलिना थारु प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूलकी कल्पना बुढा द्धितीय र डायनामिक स्कूलकी करिस्मा सेनले तृतीय स्थान हासिल गरेका छन् ।

आधारभूत तह (नर्सरी देखि ३) सम्म १ सय मीटर दौडमा कोहलपुर पाठशालाका किश्मत आचार्य प्रथम, क्यानभास स्कूलका सौरभ थारु द्धितीय र नमुना शिक्षा सदनका विजय रानाले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ मनकामना स्कूलकी अंकिता परियार प्रथम, जीवन ज्योति स्कूलकी एलेक्स चौधरी र गुरुकूल स्कूलकी इशा हमालले तृतीय स्थान हासिल गरेका छन् ।

स्पोन मारबल रेसमा कोहलपुर पाठशालाका सन्दिप कामी प्रथम,ग्रीन पिस स्कूलका भुपेन्द्र खत्री द्धितीय र मनकामना स्कूलकी अनुश्का कार्कीले तृतीय स्थान हासिल गरेका छन् । म्युजिकल चियरमा भरोसा एकेडेमीका निशित वि.क. प्रथम, मनकामना स्कूलका पुष्प बुढा द्धितीय र सेन्चुरी एजुकेसन ऐकेडेमीका कृजल शाहीले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिता अन्तर्गत भोली मावि र आधारभूत तहका एक इन्टु चार सय रिले र चार इन्टु चार सयतर्फ फाइनल खेल हुनेछन् । यस्तै आधारभूत तहतर्फ छात्राछात्राको फुटबलको फाइनल खेल हुने प्रतियोगिताको सचिवालय संयोजक कुमार रावतले जानकारी दिए ।

माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् । यस्तै आधारभूत तह (१-८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी देखि ३) तर्फ १२० जनागरी कूल ९६० जनाले सहभागिता जनाएका छन् । तियोगितामा कूल १ हजार ८ सय ३८ जनाको सहभागिता रहेको छ ।

प्रतियोगिता मंसिर भोली सकिनेछ ।

  • २० मंसिर २०८२, शुक्रबार १९:५२ प्रकाशित
  • Nabintech