१९ मंसिर, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा व्यवस्थापनमा हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव मुल समितिका संयोजक प्रदिप भट्टराईका अनुसार “दिगो विकासको उत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव पौष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर न्युरोड खुल्ला मैदानमा भव्य रूपमा सञ्चालन हुने भएको छ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि २०६५ सालदेखि कोहलपुरमा निरन्तर रुपमा महोत्सव आयोजना हुँदै आएको छ । यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष तथा देशका प्रतिष्ठित उद्योगी–व्यवसायी चन्द्र प्रसाद ढकालले गर्ने कार्यक्रम रहेको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका विविध प्रदर्शन तथा आकर्षक कार्यक्रमहरू रहनेछन् भने उद्योग व्यवसाय, लघु, घरेलु तथा साना-ठूला उद्योग-व्यवसायद्धारा उत्पादीत हस्तकला तथा कृषि-पशुजन्य उत्पादनको प्रदर्शनी, विद्यालयस्तरीय शैक्षिक र विज्ञान प्रदर्शनी, सूचना-सञ्चार प्रविधिका नयाँ आयामको प्रदर्शन, सांस्कृतिक लोकसाँस्कृतिक प्रस्तुति, नयाँ प्रतिभा खोजी प्रतियोगिता र महिला विशेष कार्यक्रम रहनेछन ।
महोत्सवलाई सफल बनाउन संघले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला पक्षहरूसँग सघन समन्वय गरिरहेको महोत्सव सचिवालयले जनाएको छ ।
आयोजकका अनुसार, यस महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, प्रविधिको हस्तान्तरण, कला-संस्कृति संरक्षण, र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनेछ। कोहलपुरलाई प्रदेशकै प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्र का रूपमा स्थापित गर्ने लक्ष्यसहित यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, समावेशी र सहभागीमूलक बनाइने तयारी छ।
कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका माध्यमबाट स्थानीय उद्यमीको क्षमतावृद्धि र समग्र क्षेत्रको दिगो आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
२० मंसिर २०८२, शुक्रबार १७:०१ प्रकाशित