बिपन्नहरूकाे साहारा बन्दै “कपडा बैंक”
  • काँचुली खबर

१७ मंसिर, बर्दिया । बर्दियाकाे बासगढी नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ । क्लोथ एण्ड फुड बैंक नेपालसँगकाे सहकार्यमा बाँसगढि नगरपालिकामा पहिलाे पटक कपडा बैंक परियाेजना लागू भएकाे हाे । जसअन्तर्गत पहिलाे चरणमा १००० व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको कपडा बैंकका परिकल्पनाकार तथा अध्यक्ष कमल जिसीले जानकारी दिए।

जिसीका अनुसार “कोही कपडाविहीन नरहोस्” भन्ने उद्देश्यसहित देशभरका स्थानीय तहसँगको सहकार्यमा कपडा बैंक स्थापना अभियान अगाडि बढाइएको हो । उनका अनुसार नेपालभरका ९८ वटा स्थानीय तहमा कपडा बैंक स्थापना भई सञ्चालनमा आएका छन् । प्रयाेग गरिएका तथा घरमै थन्काएर राखिएका कपडालाई प्रशाेधन गरि पुनःप्रयोगमा ल्याउने अभियानले देशको ढुकुटी जोगाउन र वातावरण स्वच्छ राख्न मद्दत गरेकाे बताउँदै जिसीले हुनेले दान गर्ने र नहुनेले निःशुल्क कपडा पाउने उद्देश्यले कपडा बैंक अभियान सुरू गरीएकाे बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अभियान अन्तर्गत पश्चिम नेपालमै पहिलाे पटक बाँसगडी नगरपालिकामा कपडा बैंककाे कन्टेनर (बाकस) राखिएकाे जानकारी दिदै जिसीले त्यहाँ  संकलन भएका कपडाहरूलाई प्रशोधन गरी पुनःप्रयोगमा ल्याइने बताए । उनका अनुसार सिधै प्रयाेग गर्न मिल्ने कपडा नगरपालिकाले संकलन गरेकाे तथ्यांकअनुसार पालिकाका विपन्न व्यक्तिलाई वितरण गरिनेछ । त्यसैगरी प्रयाेग गर्न नमिल्ने अवस्थामा रहेका कपडा बुटवलस्थित कपडा बैंककाे प्रशाेधन केन्द्रमा गरेर प्रशाेधन गर्ने र त्यसबाट नयाँ कपडा तयार गरि पुन: समुदायमा हस्तान्तरण गरिनेछ ।

बासगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्काले पालिकाले विगतदेखि नै सामाजिक क्षेत्रका विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताउँदै, क्लोथ एण्ड फुड बैंकसँगको सहकार्यमा कपडा बैंक नियमित सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले आवश्यकता अनुसार कपडा वितरण निरन्तर जारी रहने र निकट भविष्यमा फुड बैंक पनि सञ्चालनमा ल्याइने घोषणा गरे ।

  • १८ मंसिर २०८२, बुधबार २१:२६ प्रकाशित
  • Nabintech