१२ मंसिर, कोहलपुर । यहि मंसिर १७ देखि २० गतेसम्म तेस्रो प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयाेजना हुने भएकाे छ । प्याब्सन काेहलपुर नगर समितिकाे आयाेजनामा प्रतियोगिता आयाेजना हुन लागेकाे आयाेजकले जनाएकाे छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले यस वर्षको संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने बताएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर खुलामञ्चमा हुने प्रतियोगिताकाे उद्घाटन लुम्बिनी प्रादेशिक विश्वविद्यालयका कुलपति प्रा. विनोद प्रसाद ढकालले गर्ने कार्यक्रम तय भएकाे प्रतियोगिताका फिल्ड मार्सल दिनेश सिग्देलले जानकारी दिए ।
प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले खेलकुदले विद्यार्थीको प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसपटक माध्यमिक, आधारभूत र पूर्व-प्रावि तहका विद्यार्थीलाई लक्षित गर्दै दुई-दुई वटा खेल विधामा प्रतिस्पर्धा गराइने बताए ।
यस वर्षको प्रतियोगितामा माध्यमिक तहबाट १८ गोल्ड मेडल, आधारभूत तहबाट १२ गोल्ड मेडलकालागि जम्मा १ हजार ८३४ विद्यार्थीले प्रतिस्पर्धामा गर्नेछन । माध्यामिक तहमा एथलेटिक्स र भलिवल गरि दुई बिधा र आधारभुत तहमा एथलेटिक्स र फुटसलका खेलहरूमा प्रतिस्पर्धा हुने केसीले जानकारी दिए ।
१३ मंसिर २०८२, शुक्रबार २१:३४ प्रकाशित