समुह बिजेता हुँदै सेमिफाइनलमा पुग्यो नेपाल
  • काँचुली खबर

११ मंसिर, काठमाण्डौं । नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। बुधबार युएईमा भएको समूहको अन्तिम खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै नेपाल समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो।

अब नेपालले सेमिफाइनलमा मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ‌ओभरमा १५१ रनमै अलआउट भयो। उसका लागि शीव माथुरले सबैभन्दा बढी ३० रन बनाए।

बलिङमा नेपालका अप्राजित पौडेलले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। अशोक धामीले ३ विकेट लिए। दयानन्द मण्डल, सुशील रावल र रोशन विश्वकर्माको नाममा १-१ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो।

नेपालका लागि कप्तान अशोक धामीले ५१ बलमा ७३ रन र दर्श सोनारले ५८ बलमा नटआउट ४५ बनाए। कुनै बेला ६ विकेट गुमाउदा १६२ रन बनाएको नेपालका लागि अशोक र दर्शले सातौं विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए।

यो प्रतियोगिताका शीर्ष तीन टोलीले एसिया कप खेल्नेछन्। नेपाल र मलेसियासँगै युएई र ओमानले पनि सेमिफाइनल खेल्दैछन्।

  • १२ मंसिर २०८२, बिहीबार १८:०२ प्रकाशित
  • Nabintech