८ मंसिर, बर्दिया । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यनका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव, अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका बारेमा खुला रूपमा छलफल गरेको तथा समाधानका सम्भावित उपायहरूका बारेमा पनि गम्भीर भएर विचारविमर्श गरेको क्लबले जनाएको छ ।
तालिमका प्रमुख प्रशिक्षक मुकुन्द अर्याल थिए । उनले सहभागिहरुलाई तकनीकी मार्गदर्शन, सहभागीमूलक सिकाइ पद्दति र प्रस्तुतीकरण शैली बारे प्रशिक्षण दिएका थिए ।
सो तालिममा किशोरी क्लव तथा युवा क्लवका २४ जना सदस्यको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार, तालिमले सहभागीहरूलाई समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक ज्ञान, सोच र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
९ मंसिर २०८२, सोमबार २०:३६ प्रकाशित