८ बैशाख २०८१, शनिबार
धनुषामा गोली चल्यो, घाइतेलार्इ काठमाडौं लगियो
  • काँचुली खबर

धनुषा जिल्लामा एक साता पनि नवित्दै पुनः गोली चलेको घटना दोहरिएको छ । मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर ३८ वर्षका पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
बिहीबार राति करिब १२ बजे एकदर्जनको संख्यामा आएका डाकाले श्रेष्ठको घरमा लुटपाट गर्दै गोली प्रहार गरेको हो । श्रेष्ठको दुबै तिघ्रामा गोली लागेको छ । जनकपुर अञ्चल अस्पालमा उपचार हुन नसकेपछि काठमाडौ लागिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
लुटेराको आक्रमणबाट श्रेष्ठका परिवार समेत घाइते भएका छन् ।श्रेष्ठको घरबाट ७ तोला सुन , १५ तोला चाँदी, र झण्डै २ लाख नगद लुटपाट भएको प्रहरीले जानकारी गराएको छ । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ श्रावण २०७५, शुक्रबार १०:५७ प्रकाशित
  • Nabintech