बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू जारी
  • काँचुली खबर

३ मंसिर, सिमरा । बाराको सिमरा क्षेत्रमा कर्फ्यू जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज दिउँसो साढे १२ बजेदेखि लागू हुनेगरी बेलुका ८ बजेसम्मका लागि कर्फयु आदेश जारी गरेका हुन् ।

गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँबायाँ पाँच सय मिटरसम्म र विमानस्थल वरिपरि पाँच सय मिटरसम्म कर्फयु लगाइएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सूचनामा उल्लेख छ, ‘आज मिति २०८२ मंसिर ३ गते दिउँसो १२ः ३० बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाभित्र देहायको क्षेत्रमा कसैले आातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फयु आदेश जारी गरिएको छ ।’

नेकपा एमालेका नेता महेश बस्नेत आउने थाहा पाएपछि बिहानैदेखि सिमरा विमानस्थल आसपासमा जेनजी युवाहरुले प्रदर्शन गरेका थिए । त्यसक्रममा एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएको र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्नसक्ने अवस्थालाई मध्यनजर गर्दै कर्फयु जारी गरिएको सूचनामा उल्लेख छ ।

  • ४ मंसिर २०८२, बुधबार १३:३५ प्रकाशित
  • Nabintech