२६ कात्तिक, काठमाडौं । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ ।
भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा एक विकेट गुमाएर पुरा गर्यो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालका लागि मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरिन् । उनले २२ बलमा अविजित ६१ रन बनाइन् ।
बिनिता पुनले १३ रन बनाउँदा सुस्मा तामाङ ४ रनमा अविजित रहिन् । बलिङमा सन्दया निलन्थीले एक विकेट लिइन् । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
श्रीलंकाकी मिहिरानी डुलान्जलीले सर्वाधिक २३ रन बनाइन् । बलिङमा नेपालकी कान्ती योगीले ३, विनिता पुन र लक्ष्मी लामाले एकएक विकेट लिए । पहिलो पटक भएको ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालसहित ६ देश सहभागी भएका छन् ।
२७ कार्तिक २०८२, बुधबार १३:४६ प्रकाशित