देशभक्त हुन देशमा होइन, परदेशमा बस्नुपर्छ,
राष्ट्रवादी नेता हुन नागरिकता फ्याँक्नुपर्छ,
स्वाभिमान होइन, विदेशी गन्ध फैलिनुपर्छ,
देशको समृद्धि भन्दा पासपोर्टको पाना भर्नुपर्छ ।
बिचार होइन, डलरको व्यापार चल्नु पर्छ,
जनता नामको भावना बजारमा बिक्नुपर्छ,
नैतिकता होइन, यौवनको प्रदर्शन चल्नुपर्छ,
चरित्रले होइन, भरिलो जवानीको चर्चा हुनुपर्छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आमाबुबा मर्छन्, समयमा सन्तान आउँदैन,
अब घरमा सबैले ठुलो फ्रिज किन्नुपर्छ,
किरियापुत्रीको जहाज ढिलो हुन सक्छ,
मौसम खराबीले दस कुर्नुपर्ने हुन सक्छ ।
जन्म भुमी नेपाल अब मातृभूमि होइन,
प्रवासी स्वाभिमानको प्रतीक्षालय बन्नुपर्छ,
जहाँ आमा, माया र स्वाभिमानका भावनाहरु,
एअरपोर्ट डिपार्चरको ढोकाबाट दिनहुँ उड्नुपर्छ ।
२३ कार्तिक २०८२, शनिबार १४:२३ प्रकाशित